प्रदर्शनको तयारीमा चर्चा

प्रदर्शनको तयारी रहेको चलचित्र ‘चर्चा’को यतिवेला पूर्वका विभिन्न स्थानमा विशेष शो भइरहेको छ । माता पाथिभरा फिल्मस् प्रालीको प्रस्तुती रहेको यो चलचित्र युवा पुस्तालाई लक्षित गरी निमार्ण गरिएको निर्माणपक्षले जनाएको छ । यो चलचित्रमा राज श्रेष्ठ, चन्दा दाहाल, समिता गिरी, कृष्ण लिम्बु, विश्वास लिम्बुलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

charcha
दीपक अधिकारीको मुख्य साहायक निर्देशन र छाँयकन रहेको यो चलचित्रलाइ भानु न्यौपानेले निर्देशन गरेका हुन् भने अशोक थापाको सङ्गीत, ज्ञानेन्द्र कोइरालाको गीत, दिनेश लिम्वुको नित्य निर्देशन र धिरज परियारको द्वन्द्व रहेको छ । चलचित्रलाई भोलामान मगर, जस्मीन लिम्वु र कुमार वस्नेतले निर्माण गरेका हुन् । यो चलचित्र काठमाडौंका र पूर्वका विभिन्न रमरिणय स्थानहरुमा छायाँकन गरिएको छ । वैशाखमा प्रर्दशनको तयारी गरिएको यो चलचित्रमा प्राय नवकलाकारहरु रहेका छन् ।