विवादस्पद`एमएसजी` नेपालमा पनि चल्ने

भारतमा विवादपछि हलमा चलेर बक्स अफिसमा धमाका मच्चाएको फिल्म `एमएसजी` अब नेपालमा पनि प्रदर्शन हुने पक्का भएको छ ।चलचित्रको बिषयवस्तुलाई लिएर सेन्सर बोर्डले प्रश्न उठाएपछि यो लामो समयसम्म सेन्सरमा नै अड्किएको थियो । तर, सरकारले नै हस्तक्षेप गरेर सेन्सर पास गराएपछि भारतीय सेन्सर बोर्डमा सम्पूर्ण कर्मचारीले राजीनामा दिएका थिए ।

msz

भारतमा १ अर्ब भन्दा माथिको व्यापार गरिसकेको यो फिल्ममालाई बाबा गुर्मित राम रहिम सिंहले निर्देशन गरेका हुन् । फिल्ममा छायांकन, संगीत, कथा, पटकथादेखि विभिन्न १२ विधामा गुर्मित राम रहिमले नै काम गरेका छन् ।यूवाहरुमा देखिएको लागूपदार्थ दुव्र्यसनीको कथालाई उठान गरेको ‘एमएसजी’फागुन १५ गतेबाट नेपालमा पनि प्रशारण हुने भएको छ ।

यसलाई नेपालमा दर्शना आट्सले वितरण गर्नेछ ।वितरक दर्शना आट्सका सीइओ दिपक अधिकारीले पनि नेपालबाट आफूहरुलाई भएको फाइदा सबै समाजसेवामा नै खर्च गरिने बताए ।राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दर्शनाका सीइओ सुरेशदर्पण पोख्रेलले नेपाली फिल्म चल्ने हलमा `एमएसजी` नचलाउने बताए ।