टेलि सिरियल ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ बन्द ! कारण यस्तो छ

bhadragolगत शुक्रवार नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ प्रसारण भएन् । यो बिषयमा बुझ्न खोज्दा टेलिभिजनमा टेलिभिजनको नै कुनै कारणबस सिरियल प्रसारण नभएको बताईएको थियो । तर कुरोको चुरो अर्कै भेटिएको छ । पछिल्लो समय आर्थिक हिनामिनाको काण्ड चर्किरहेको कुरा नै यो सिरियलको प्रसारण अनिश्चितकालको लागी बन्द भएको पाईएको छ ।

‘भद्रगोल’सँगै ‘जिरे खुर्सानी’ पनि आर्थिक काण्डको शिकार बनेको छ । बरिष्ट चलचित्रकर्मी निर शाह नेतृत्वको टेलिभिजन सञ्चालक समितिले महाप्रबन्धक लक्ष्मण गुरागाइँलाई कारबाहीको सिफारिस गरेसँगै अहिले नेपाल टेलिभिजनको आर्थिक पाटो विवादमा परेको छ । जहाँ हुमागाईंले विज्ञापन एजेन्सीसँग मिलेर भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।

श्रोतका अनुसार टेलिभिजन सञ्चालक समितिले विवाद र आर्थिक अनियमितताको पाटोलाई निचोडमा पुर्याएर मात्रै अन्य कार्य अघी बढाउने अडान लिएको छ । यस्तो भएमा टेलिभिजनको विवाद पुर्णतः साम्य नभएसम्म यी सिरियल प्रसारण नहुनसक्छन् ।Jire Khursani