टंकले यसरी बजाईदिए शिल्पा र सविनको मनको घण्टी (भिडियो)

hawaldar suntaliआउँदो चैत्र २७ बाट रिलिजको तयारीमा रहेको ऋषी लामिछाने निर्देशित चलचित्र ‘हवल्दार सुन्तली’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘घण्टी बज्यो’ बोलको गीतमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री शिल्पा पोखरेल मुख्य फिचरिङमा छन् ।

यसअघी सार्वजनिक ‘डोलाडोला हातैमा’ बोलको गीतले सिने बजारमा राम्रै चर्चा कमाईरहेको अवस्थामा सार्वजनिक यो गीतले पनि चलचित्रको सांगितिक माहोल गर्माउने बिश्लेषण गरिएको छ । यो गीतमा युवा संगितकार टंक बुढाथोकीको संगीत छ । त्यसो त संगीतसंगै सुमधुर स्वरका धनी टंकले गायिका मिलन अमात्यसँग आफ्नै स्वरम यो गीत तयार पारेका हुन् ।

यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । छबिराज प्रोडक्शनको व्यानरमा तयार यो चलचित्रमा छबिराज ओझाको मुख्य लगानी रहँदा कार्यकारी निर्माता दिजेन्द्र शाक्य छन् ।

गीत हेर्नुहोसः