प्रकाशको कमेडि गित युट्युवमा भाईरल बन्दै ( भिडियो सहित)

झण्डै एक दशक नेपाली गित संगितमा आफ्नो ,समय खर्चि सकेका गायक प्रकाश कटुवाल यतिवेला एकाएक चर्चित बनेका छन् । यतिबेला कटुवालको कमेडि धारको गितको सफलता संगै चर्चा चुलिदै गएको हो । थुप्रै लोक गित मा शब्द तथा संगित भरेका यि गायकले आधुनिक विधामा पनि कलम चलाउने गरेका छन् । विशेषत पछिल्लो समयमा कमेडि धारका लोक गितमा आफुलाई स्थापित गर्दै लगेका छन् कटुवालले ।

10422301_1374774772841435_9081828749409585253_n

यसभन्दा अगाडी चोर विरालो पल्क्यो वोलको गितलाई लाखौ श्रोताले अत्याधिक मन पराएका थिए भने यतिवेला सिरानी टाड.मुनि बोलको अर्को कमेडि धारको गित बजारमा आएको छ । युटुबमा अपलोड भएको केही घण्टामै हजारौ श्रोताले हेर्न भ्याएको यो गितले प्रकाशको उचाई अझ थप्ने देखिन्छ । कमेडी धार फापे संगै यतिवेला स्टेज कार्यक्रममा निकै व्यस्त वन्न थालेका छन् प्रकाश कटुवाल । युटुवमा भाईरल बनिरहेको पछिल्लो कमेडि गितमा प्रकाशलाई गायिका श्रीदेवि देबकोटाले साथ दिएकी छिन भने गितमा मेरी बास्सैका माग्ने बुढा र मैया फिचरिड. भएका छन् ।
सिरानी टाड.मुनि हेर्नुहोस भिडियो: