'ब्ल्याक कफी' मानिएको 'बदलापुर'ले दुई दिनमा कति कमायो ? (बक्सअफिस)

Badlapur Movie Posterयो शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता बरुण धवन अभिनित चलचित्र ‘बदलापुर’ले सुखद ओपनिङ गरेको छ । रिलिजको पहिलो दिन बलिउड बक्सअफिसमा ७ करोड बराबरको बिजनेश गरेको यो चलचित्रको शनिवारको बिजनेश पनि सुखद रहेको भारतिय सिने अनलाईन ‘बलिउडहंगामा’ लेख्छ ।

‘बदलापुर’को ओपनिङ बिजनेश २०१५ मा रिलिज भएका बलिउड चलचित्र मध्ये अहिलेसम्मकै तेस्रो उच्च कलेक्शन भनिएको छ ।  जहाँ यो चलचित्र भन्दा अघी अक्षयकुमार अभिनित ‘बेबी’ र रणविर कपुर अभिनित ‘रोय’ छन् । आईतवार बिदाको दिन पर्ने भएकोले पनि चलचित्रले तुलनात्मक रुपमा शुक्रवार र शनिवारको बिजनेश भन्दा पनि राम्रो कलेक्शन गर्ने अनुमान छ ।

श्रीराम राघभान निर्देशित यो चलचित्रमा बरुणसँगै हुमा क्युरेसी ,यामी गौतम, विनय पाठक लगायतका कलाकरहरु लिड रोलमा छन् । भारतिय समिक्षकहरुले यो चलचित्रलाई अन्य चलचित्रको दाँजोमा सिधा मिसाउन नहुने भन्दा दैनिक रुपमा पिउने कफी नभएर ‘बदलापुर’ ‘ब्ल्याक कफी’ हो भन्दै लेखेका छन् ।

समिक्षकहरुबाट राम्रो रिभ्यु पाएको यो चलचित्र नेपाली चलचित्र घरहरुमा पनि दर्शकको राम्रो साथसहित टिकिरहेको छ । जहाँ अघिल्लो हप्ता प्रदर्शनमा आएको रणविर कपुरको ‘रोय’को भन्दा ‘बदलापुर’मा दर्शकको साथ पाईएको एक मल्टिप्लेक्स हल सञ्चालक बताउँछन् ।