'वान वे'को मेकिड. प्वाईन्ट विश्लेषण योग्य (रिभ्यू)

आर सि पिक्चर्सको प्रस्तुती चलचित्र ‘वेन वे ‘प्रदर्शन को दोश्रो सातामा प्रवेश गरेको छ । नेपाली सिने व्यापारको क्रमिकतामा केही अव्वल देखिएको ‘वान वे’को मेकिड. प्वाईन्ट विश्लेषण योग्य मानिएको छ । विशेषत नेपाली सिने वजार भन्दा केही माथि उठेर निर्माण गरिएको यो चलचित्रले सोचे अनुरुपको व्यापारिक सफलता सामान्य भएता पनि रिभ्यु राम्रो बोटुलेको छ । फागुन १ बाट देशभर प्रदर्शनमा आएको ‘वेन वे’ बाट डेव्यु कलाकारहरु सिदार्थ गुरुड. र माला सुव्वाका लागि यो चलचित्रले सुमार्गको बाटो कोरिदिएको छ ।

one-way-in4

नेपाली सिने जगतमा निर्माता को राम्रो छाप छोडेका निर्माता राजकुमार राईले निर्माण गरेको तथा र अब्बल निर्देशक सुरज सुब्वा नाल्वोको निर्देशनमा वनेको ‘वन वे’ले भावि सिने सर्जकका लागि ग्रिन वे देखाईदिएका छन् । लगानीको हिसावमा सांकुचित भावनालाई लत्याएर प्राविधिक रुपमा नितान्त खर्चिलो तथा विग प्रोजेक्टको यो चलचित्रले भलै लगानी अनुरुपको फाईदा दिन नसक्ला तर नेपाली चलचित्रको ईतिहासमा एउटा उदाहरणीय चलचित्रको रुपमा स्थापित हुनेछ । उच्च स्तरको प्रविधिलाई प्रयोग गरेर निर्माण भएको वेनले आफ्नो स्टाण्डर्ड लाई मेन्टेन गरिरहदा नेपाली चलचित्रका दर्शक त्यहाँ सम्म पुग्न नसक्नु सिनेमाका निर्मातालाई माईनस प्वाईन्ट भने बनेको छ ।
चलचित्र ‘संगम’,’त्रिवेणी’ , ‘पापी मान्छे’ , ‘पापी मान्छे २’ लगायतका चलचित्र निर्माण गरेर व्यापारिक स्वाद चाखि सकेका निर्माता राईले यो चलचित्रमा पैसा खन्याउने मात्र होईन अघिल्ला दिनका कमि कमजोरीलाई पनि यस चलचित्र मार्फत सच्याउने काम गरेका छन् । यसकारण पनि वन वे राम्रा चलचित्रको लाईनमा पर्न सफल भएको छ । निर्माता संघका अध्यक्ष तथा अबको केही दिनमै नेपाली सिने क्षेत्रको गरिमामय पद चलचित्र विकास बोर्डको अध्यक्ष हुन लागेका राईलाई आफ्नो पद र ईज्जतलाई वचाउने चलचित्र बनेको छ ‘वन वे’