कबड्डीको सिक्वेल बैशाखमा आउदै

चलचित्र कबड्डीको दोस्रो श्रृंखला कबड्डी कबड्डी २०७१ बैशाखमा रिलिज भएको छ । पहिलो कबड्डीमा प्रेमको सीमा नाघिएको र कबड्डी कबड्डी प्रेम र राजनीतिको भीडन्त भन्दै परिभाषित गरेको छ । त्यस्तै यि दुई चलचित्रका बारेमा निर्माण पक्षले यसरी परिभाषित गरेको छ ।

चलचित्र कबड्डी कबड्डी २०७१ बैशाखमा रिलिज भएको चलचित्र कबड्डीको दोस्रो श्रृंखला हो । कबड्डी खेल प्राय सीमा नाघिएपछि र आफ्नो समुहमा जबरजस्ती कोही छिरेपछि शुरु हुन्छ । पहिलो कबड्डीमा प्रेमको सीमा नाघिएको थियो । यसपालि प्रेममा राजनीति घुसेको छ, जबरजस्ती । कबड्डी कबड्डी प्रेम र राजनीतिको भीडन्त हो ।

10866829_980881345257170_398766753_n

 

पहिलो कबड््डीका नायक काजीको ‘कन्टिन्यु लभस्टोरी’ नै चलचित्र कबड्डी कबड्डीको मूल कथा हो । हक र धाकधम्कीबाट परै रहेर प्रेम गर्न खोज्दा पनि काजीले सुख पाउ“दैन । निश्चल प्रेममा फोहरी राजनीति मिसिन आइपुग्छ । फेरि कथामा एउटा भिलेन आइपुग्छ । यसपालीको भिलेन बंशभित्रैबाट आएपछि काजीको पारो तात्छ । शुरु हुन्छ भीडन्त । आदर्श प्रेमको देहावसान र राजनीतिको तिकडम शुरु भएस“गै चलचित्रको कथा उत्कर्षमा पुग्छ र टुंगिन्छ ।
पहिलो कबड्डीझैं यसपालीको कबड्डी कबड्डीका लेखक पनि रामबाबु गुरुङ नै हुन् । कवि उपेन्द्र सुब्बाले उनलाई लेखनमा सघाएका छन् । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । चलचित्र ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस् प्रालिको ब्यानरमा बन्नेछ ।

कबड्डीजस्तै कबड्डी कबड्डी पनि हा“स्यप्रधान चलचित्र हो । आफ्नो प्रेम र उद्देश्यप्राप्तिका लागि लडीरहने पात्रहरु तथा तिनीहरुबाट सिर्जित परिस्थितिजन्य घटनाक्रमहरुले चलचित्रलाई हा“सोमय बनाउने आशा लिइएको छ ।

९५ प्रतिशत दृश्य मुस्ताङमा खिंचिने चलचित्रको छायाँकन यही फागुन २५ गतेबाट शुरु गरिनेछ ।

कलाकारहरुः
दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धि तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, पशुपती राई, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ र उपेन्द्र सुब्बा आदि ।

निर्देशकः रामबाबु गुरुङ
लेखकः रामबाबु गुरुङ र उपेन्द्र सुब्बा
निर्माता ः सुनील चन्द रौनियार र रौनकविक्रम कँडेल
कार्यकारी निर्माता ः निश्चल बस्नेत
सह निर्माताः ओमचन्द रौनियार र अर्जुन कार्की
छाया“कन ः शैलेन्द्र डी कार्की
सम्पादनः निमेष श्रेष्ठ
द्वन्द्वः कुमार महर्जन
पाश्र्व संगीतः रोहित शाक्य