भ्रष्ट्राचारमा मुछिए अभिनेता शिव श्रेष्ठ !

shiv shresthaचलचित्र निर्माणमा नयाँ अनुहारको आकर्षण बढिरहेको छ। यसै क्रममा नव निर्माताहरुको समूहले एक्सन नायक शिव श्रेष्ठलाई नेगेटिभ हिरोका रुपमा प्रस्तुतगर्दै नयाँ चलचित्र ‘एक्शन’ निर्माणको क्रममा छ। चिरायु फिल्मस् प्रालीको व्यानरमा दीपेन्द्र कोइराला र शर्मीला गुरुङद्धारा निर्माणाधिन यो चलचित्रमा नायक शिव श्रेष्ठलाई लामो समयपछि नेगेभटिभ हिरोका रुपमा चलचित्रमा फर्काइएको छ।

राजु अर्यालको निर्देशन र लेखनमा निर्माण भईरहेको चलचित्रमा शिवका साथमा दिपेन्द्र कोइराला, प्रमोद दीप, जेनिषा केसी, रक्षा गुरागाईं, राज थपलिया, कसम गुरुङ, दिनेश घिमिरे लगायलते प्रमूख भूमिकामा अभिनय गरेका छन्। देशको बिग्रंदो राजनैतिक अवस्था तथा बढ्दो भ्रष्टाचारको कथामा निर्माण भईरहेको चलचित्रमा नायक शिव श्रेष्ठले एउटा भ्रष्टाचारी मन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।

९० प्रतिशत छायांकन कार्य पूरा भईसकेको चलचित्रमा राजु अर्यालको गीत, संगीत प्रल्हाद बोगटी, नृत्य गोविन्द प्रभात, द्धन्द्ध कुमार महर्जन र छायांकन रविन्द्र बरालको रहेको छ ।Displaying 3.jpg