सफल होला दयाहाङ र दिपशिखाको ‘ईच्छा’ ?

ichhya filmफ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी एक मात्र नेपाली चलचित्र प्रदर्शनमा आएको छ । निर्माता मुनाल घिमिरेकोको डेब्यु निर्देशन रहेको चलचित्र ‘ईच्छा’ प्रदर्शनमा आएको हो । गत माघ २ बाट सरेर यो शुक्रवारबाट प्रदर्शनमा आएको हो ।

प्रेम कथा वोल्ने यो चलचित्रमा दयाहाङ राई, शिखा साही र सुवास थापा लिड रोलमा छन् । चलचित्रलाई एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ । यसैबीच सिङ्गल रिलिजको मौका पाए पनि शुक्रवारको बिहानी सो मा यो चलचित्रले दर्शकको राम्रो साथ नपाएको हलहरुबाट जानकारीमा आएको छ ।

यो हप्ता ‘ईच्छा’ सोलो रिलिज हुँदा अघिल्लो हप्ता प्रदर्शनमा आएका दुई चलचित्र ‘वान वे’ र ‘सुन्तली’ पनि हलमा टिकिरहेका छन् । तुलनात्मक रुपमा विजनेशमा ‘वान वे’ ‘सुन्तली’ भन्दा माथी पाईएको छ । सुरजसुब्बा नाल्बो निर्देशित यो चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, करिष्मा मानन्धर र रोबिन तामाङ लिड रोलमा छन् ।