सञ्चारमन्त्रीबाट लिए सौगातले विश्वकै कान्छा निर्देशकको गिनिज प्रमाण (तश्विर स्टोरी)

विश्वकै कान्छो उमेरको चलचित्र निर्देशकको रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम सुचिकृत भएपछी आठबर्षे नेपाली निर्देशक सौगात बिष्टको नाम यतीबेला शिखरमा छ । चलचित्र सम्वद्धमात्र होईन अन्य जुनकुनै विधासँग सम्वन्धित व्याक्तित्वहरुले पनि उनलाई बधाई दिने तथा उनको काममा थप हौसला बढाउने काम गरिरहेका छन् । यसैबीचमा उनले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’को निर्माण युनिटको तर्फबाट शुक्रवार सौगात बिष्टलाई बधाई कार्यक्रमो आयोजना गरियो ।

minendra rijal nd saugatकार्यक्रममा नेपाल सरकारका सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सौगातको हातमा गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र थमाएका थिए । विश्वसामु नेपाललाई परिचित बनाउने काममा अर्को एक ईँटा सौगातले थपेकोमा उनलाई बधाई दिँदै मन्त्री रिजालले अब नेपाललाई विश्वकै कान्छो चलचित्र निर्देशकको रुपमा परिचित गराउन सघाउने सौगातलाई सरकारी तवरबाट सम्मान तथा आगामी दिनमा उनको सफलताको लागी आवश्यक सहयोग गर्नेपनि प्रतिवद्धता व्यक्त गरे ।

saugat sammanमन्त्री रिजालले गत मंसिर २६ मा रिलिज भएर पनि तुलनात्मक रुपमा राम्रो बिजनेश गर्न नसकेको सौगात निर्देशित चलचित्र ‘लभ यु बाबा’ पुनः रिलिज गर्ने वातावरण बनाईदिन चलचित्र सम्वद्ध सम्पुर्ण संघ संस्थालाई आग्रह पनि गरे । साथै उनले सौगातको उच्च बनेको हाईट थप उचाईमा पुर्याउन र उनको पहिचान सम्पुर्ण नेपालीमाझ पुर्याउनको लागी आफ्नो-आफ्नो सञ्चारमाध्यममा प्राथमिकता दिन उपस्थित मिडियाकर्मी समक्ष आग्रह गरे ।

saugat speakउक्त कार्यक्रममा उल्लेख्य रुपमा मिडियाकर्मीहरुको उपस्थिती थियो भने कार्यक्रम सुरु नहुँदा देखी चल्दै गर्दा र सकिएको धेरैसमयसम्म पनि सौगातसँग तश्विर खिचाउनेको भीड देखिन्थ्यो । गत डिसेम्वर १२ तारिखमा नै गिनिज बुकमा उनको नाम विश्वको कान्छो निर्देशकको रुपमा लेखिएपनि प्रमाणपत्र भने ढिला गरेर मात्र नेपाल आएको थियो । सौगात पिता गजित विष्ट आफु स्वयंम अभिनेता छन् ।

saugat samman कार्यक्रममा बोल्दै सौगातले आफ्नो चलचित्र प्रदर्शनमा नआएपश्चात नचलेकोमा दुःख लागेको भन्दै पुनः एकपटक रिलिजको लागी पहल गरिदिन आग्रह गरेका छन् ।

saugat nd minendraaa
rajkumar rai1