फिल्मको च्यारिटीमा देशमा नयाँ क्रान्ती ल्याउने धम्की !

bhimdatta cover kumariप्रजातन्त्र दिवसको अवसर छोपेर ऐतिहासिक व्याक्तित्व भिमदत्तको जीवन कहानी बोकेको चलचित्र ‘भिमदत्त’को काठमाडौंमा च्यारिटी गरिएको छ । कुमारी हलमा विहिवार बिहान सम्पन्न च्यारिटीमा चलचित्रका केहि सदस्यहरुसँगै विभिन्न राजनीतिक व्याक्तित्वहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा एमाओवादी नेता खड्ग बहादुर विश्वकर्माले अहिले देशले भिमदत्तजस्तै क्रान्तिकारी नेता र नेतृत्व खोजिरहेको भन्दै त्यसको लागी साथ दिन चलचित्रकर्मीहरुलाई समेत आग्रह गरे । जुन कुनै ठाउँमा पनि माईक्रोफोन पाउनासाथ राजनीतिको कुरा गर्छन नेताहरुले भने झैं उनले पनि चलचित्रको च्यारिटीमा समावेश हुँदा समेत देशमा नयाँ क्रानथिको जरुरत रहेको र त्यसको लागी आफुहरु जनतामाझ जाँदै गरेको भन्दै त्यसलाई सफल पार्न कला क्षेत्रका व्याक्तित्वहरुले समेत साथ दिनुपर्ने जिकिर गरे ।bhimdatta show at kumari hallदेशको कला संस्कृतीलाई विश्वसामु चिनाउने तथा प्रवर्धनमा सघाउने चलचित्र क्षेत्रको विकासको लागी सक्दो पहल गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे । विभिन्न देशमा च्यारिटी र प्रिमियर भईरहेको ‘भिमदत्त’ यही फागुन २२ बाट सार्वजनिक प्रदर्शनको तयारीमा छ । हिमग्याप लामा टाँसीको निर्देशन रहेको चलचित्रमा नवल खड्का, सुमिना घिमिरे, निशा अधिकारी, सञ्जय खतिवडा लगायतको अभिनय छ ।