कसको प्रेममा छिन् पूजना स्त्री ? (भिडियो)

pujana on chocklateरिलिज मिति तय भईनसकेको चलचित्र ‘चकलेट’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हद भन्दा बढी’ बोलको गीतमा निर्मात्री एवं चलचित्रकी लिड अभिनेत्री पूजना स्त्री र नव नायक आयुष्मान घिमिरे फिचरिङमा छन् । भिडियोको निर्देशन प्रसन्न पौडेलले गरेका छन् ।

शिखर सन्तोषको संगीत रहेको सार्वजनिक गीतमा विश्व नेपाली र मिलन अमात्यको स्वर समावेश छ । त्यस्तै गीतको शब्द भने आनन्द अधिकारीको हो । चलचित्रको केहि दिन अघी फर्स्टलुक तथा एक गीत रिलिज गरिएको थियो । ‘चकलेट’मा हाँस्य कलाकार निर्मल शर्मा ‘गैंडा’को निर्देशन छ ।

चलचित्रमा पूजनासँगै खुसी गुरुङ, प्रतिमा गुरुङ र केशव तामाङको संयुक्त लगानी छ । चलचित्रले सडक बालबालिकाको कथा बोलेको निर्माण युनिट बताउँछ ।

गीत हेर्नुहोसः