‘झोला’ हेर्दा थामिएन् मानवअधिकारकर्मीको आँशु

देशमा राणा शासन अन्त्यसँगै २००७ साल फागुन ७ मा जनताको हातमा शासन सत्ता आएको दिन मान्दै मनाईँदै आएको प्रजातन्त्र दिवसको अवसर पारेर महिला हिंसाको अन्त्यको आवाज बोलेको चलचित्र ‘झोला’को विशेष सो समपन्न भएको छ । काठमाडौं कमलपोखरी स्थित कुमारी हलमा आयोजित ‘विशेष सो’मा मानव अधिकारसँग सम्वद्ध लब्धप्रतिष्ठित व्याक्तिहरु सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्याक्तित्वहरुको उपस्थिती थियो ।

jhola at kumariचलचित्र हेरिसकेपछी रसाएका आँखासहित चलचित्र हेरेर फर्केका दर्शकले हलमा उपस्थित चलचित्रका निर्देशक यादव भट्टराई, निर्माता मालती शाह, सुशिल शाह र रामगोपाल थापालाई सय बर्ष पुरानो नेपाली समाजको यथार्थतालाई जस्ताको तस्तै पर्दामाप्रस्तुत गर्न सफल भएकोमा तारिफसँगै बधाई दिए । चलचित्रका अर्का निर्माता राज तिमल्सिना भने उक्त ‘सो’ मा अनुपस्थित थिए । ‘झोला’ हेर्ने पुरुष दर्शक भन्दा अधिकांश महिला दर्शकको गहभरी आँशु भरिएको थियो ।
jhola at kumari1चलचित्रले महिला अधिकारको पक्षमा आवाज बोकेको हुनाले जनताले स्वतन्त्रताको अनुभुती गरेको दिन प्रजातन्त्र दिवसको दिन पारेर नै विहिवार उक्त सो को आयोजना गरिएको निर्देशक भट्टराईले बताए । निर्माण टिमको सहकार्यमा मानवअधिकारको पक्षमा लागिरहेका दुई संस्था ‘रोटरी क्लव अफ भादगाउँ’ र ‘अलायन्स फर ईकोनोमिक राईट’को तर्फबाट ‘विशेष सो’को आयोजना रिएको थियो ।
kumari ma jholaसति प्रथामा आधारित साहित्यकार कृष्ण धारावासीको कृती ’झोला’लाई पर्दामा उतार्दा गरिमा पन्त, सुजल नेपाल, देशभक्त खनाल, दिपक क्षेत्री, लक्ष्मी गिरी लगायतले कथालाई जीवन्त पारेका छन् । सार्वजनिक प्रदर्शनको क्रममा बक्सअफिस हिट यो चलचित्र पुनः प्रदर्शनको तयारीमा निर्माण टिम जुटेको छ । यद्धपी ति भने फाईनल भईसकेको छैन् । यदी यो चलचित्र पुनः रिलिज भएमा नेपाली चलचित्र उद्योगमा अर्को ईतिहास बन्नेछ ।jhola at kumari, pr team

jhola at kumari2