'षडङ्ग’मा प्रियंकाको बोल्ड अवतार ! (ट्रेलर )

priyanka on shadangaचैत्र १३ गतेलाई सार्वजनिक प्रदर्शनको मिति टी गर्दै सिनेमा ‘षडङ्ग’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज सुनुवारको निर्देशन रहेको यो सिनेमा आजका दिनसम्म खासै चर्चामा भने थिएन । तर निर्माण युनिटले प्रचारको क्रम सुरुवात गर्दै ट्रेलर आउट गरेको हो यो चलचित्र अब योगेश घिमिरे निर्देशित ‘भुलभुलैया’संग भिड्नेछ ।

पपकर्नले  वितरण गर्ने यो सिनेमाको सार्वजनिक ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई हट अनि बोल्ड अवतारमा देख्न सकिन्छ । ग्याङ्गस्टार थ्रिलर जनरा भनिएको यो सिनेमामा प्रियंका संगै सौगात मल्ल, सौरमराज तुलाधर, अनुप बराल, विजय लामा, ए गुरुङ, नविन मानन्धर लगायतको अभिंत समावेश छ चलचित्रको कथा पनि निर्देशक सुनुवारको नै हो ।

ट्रेलर हेर्नुहोस: