महिला हिंसा विरुद्धको आवाज बोल्ने 'परिणाम' सुटिंग अन्तिम चरणमा

jharana mukesh on parinaamयसअघि नेपाली फिल्म ‘प्रेमपथ’, ‘पहिरो’, ‘बिछोड’ तथा केहि भोजपुरी फिल्ममा समेत लगानी गरेका निर्माता हरि पराजुलीको डेब्यु निर्देशन रहेको फिल्म ‘परिणाम’को सुटिंग अन्तिम चरणमा पुगेको छ । भारतको दार्जिलिंग, सिक्किम र सिलिगुढी लगायतका रमणीय स्थलहरुको दृश्यहरु समावेश यो फिल्मको करिव ७० प्रतिशत छायांकनसुटिंग सकिएको र अब बाँकी सुटिंग काठमाण्डौंमा गरिने निर्देशक पराजुलीले जानकारीबताए ।

‘अब फिल्मको दुई गीत र केही क्लाईमेक्स सिन खिच्न बाँकी छ’, उनले भने–‘अबको साता दिनभित्र छायांकन सकाएर  पोष्ट प्रोडक्सनमा जाने तयारीमा छौं ।’

त्रिकोणात्मक लाभ स्टोरी बोल्ने यो फिल्ममा अभिनेता मुकेश ढकाल, डेब्यु अभिनेत्री झरना रिसाल र सारिका घिमिरेको मुख्य अभिनय रहेको छ । मुख्य भुमीकामा रहेकी अभिनेत्री रिसालले यो फिल्म आफ्नो करीयरको कोशेढुङ्गा साबित हुने दाबि गरिन ।
mukesh and jharana risaalकलेजमा अध्ययनरत टिनएजर्स विद्यार्थी त्यसमा पनि धनी र गरिब बिचको समस्यालाई उजागर गरेर यो फिल्म बनेको निर्देशक पराजुली बताउछन । उनले आफ्नो फिल्म नारीप्रधान भन्दै फिल्ममा नारीले हिंसा सहनुहुदैन र त्यस्तो अवस्था आए  त्यसको प्रतिकार गर्न डटेर लाग्नुपर्छ भन्ने सन्देश फिल्मले बोकेको बताए । कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको ‘परिणाम’ मा द्वन्द् निर्देशन एनबी महर्जनको छ । फिल्ममा क्यामरा शिव ढकालले चलाएका छन् भने  नृत्य प्रिया पराजुलीको छ ।mukesh nd jharana