बाल नाटकमा 'बेइमानी काल' सफल

child drama baimani kaalमाघ २६ गतेदेखि सुरु भएको छैठौं राष्ट्रिय बाल नाटक महोत्सवको समापन भएको छ । बिभिन्न १५ वटा विद्यालयबाट भाग लिएको महोत्सवमा चारुमती इंलिस स्कुलको ‘बेइमानी काल’ ले छैठौं राष्ट्रिय बाल नाटक महोत्सवका १४ वटा नाटकलाई पछि पार्दै तीन वटा पुरस्कार हात पार्यो ।

कृष्ण शाह यात्री र रमेश बुढाथोकीको निर्णायक मण्डलबाट छनोट भएको बेइमानी कालले बालकोसेली उत्कृष्ट नाटक पुरस्कारका लागि संगम हुमागाईं, शैली सर्वोत्कृष्ट कलाकार पुरस्कारका लागि ‘करिना खत्री’ र चेखव उत्कृष्ट निर्देशक पुरस्कारका लागि ‘नवराज खड्का’ ले प्रमाणपत्रसहित प्रत्येक बिधाका पुरस्कारबाट पाँच हजार नगद हात पारे । शैली प्रोत्साहन पुरस्कार भने सिसिआरसी कलेजको ‘जुना’ नाटकबाट ‘आकृती लम्साल’ को भागमा पार्यो ।

बालकोसेली मासिकका संस्थापक तथा बालसाहित्यकार शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा बोल्दै मानन्धरले नेपालमा बालसाहित्यमा बाल नाटक नलेखिएको र शैली थिएटरले मञ्चन मात्रै गरेर भएपनि सकारात्मक प्रयास गरेकाले सबैले कदर गर्नुपर्ने भन्दै बालबालिकाका समस्या, सपना, कल्पना लगायत विषयमा नाटक लेखिएर नाटकले बालबालिकाका कुरा भनिदिनुपर्ने र त्यस्ता खालका नाटक सबै उमेर समुहले हेर्नुपर्ने बिचार व्यक्त गरे ।
child dramaमहोत्सवको समापन कार्यक्रममा भाग लिएका सबै नाटकका प्रतिनिधीहरुलाई रुसी साँस्कृतिक केन्द्रका प्रमुख एन्टन मास्लोभ, प्रमुख अतिथि शान्तदास महर्जन, नाट्यकर्मी बिष्णुभक्त फुँयाल, नेपाल चलचित्र कलाकार संघका सानु ताम्राकार र रामकेशर बोगटी, प्राध्यापक जंगम चौहान लगायतले संयुक्त रुपमा मायाको चिनो हस्तान्तरण गरेका थिए ।