आलोकको अन्तिम नासो सबैले हेर्न पाउने

ajhai pani sencerफाल्गुन १५ बाट देशव्यापी रिलिजो तयारीम रहेको चलचित्र ‘अझै पनि’ले सेन्सर वोर्डबाट युनिभर्सल  प्रमाणपत्र पाएको छ । सोमवार साँझ चलचित्र जाँचपास समितीले स्व. आलोक नेम्वाङ् निर्देशित चलचित्रका सबै दृश्यलाई मान्यता दिँदै यू सर्टिफिकेट थमाएको हो।
नारीको गहना सिन्दुर-पोतेको महत्व तथा युवा-युवतीको प्रेमकथामा बनेको ‘अझै पनि’ले दर्शकलाई मनोरञ्जन साथै समाजको अर्थ बुझाउने निर्माता पुनम गौतमले बताईन् । अर्का निर्माता तथा नायक सुदर्शन थापाले यो चलचित्र नेपालीकोलागी अति नै मिठो उपहार रहेको बताए ।
यसअघि ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’ तथा ‘मधुमास’ जस्ता चलचित्र निर्देशन गरेर ख्याती कमाईसकेका सुदर्शन थापाको अभिनय रहेको यो पहिलो चलचित्र हो । सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा, रामशरण पाठक, मिथिला शर्मा, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रका लेखक रामशरण पाठक हुन् ।
राजेश श्रेष्ठको छायांकन रहेको ‘अझै पनि’का सम्पादक प्रितम पाण्डे हुन् । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा महेश खड्का, हरि लम्साल, सचिन सिंह, राजनराज सिवाकोटीको संगीत रहेको छ ।
Displaying Ajhai-Pani-Censer-2.jpg