तीनदिने विजनेशमा ‘सुन्तली’ भन्दा ‘वान वे’ माथी (वक्सअफिस)

one way vs suntaliफ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी प्रदर्शनमा आएका दुई चलचित्र मध्ये ‘वान वे’ लाई दर्शकको साथ मिलेको पाईएको छ । प्रेम सप्ताह भित्र रिलिज भएको यो चलचित्र हेर्न शुक्रवार दर्शकको मध्यम भीड चलचित्र घरमा देखिए पनि शनिवार भने चलचित्रले राम्रो साथ पायो ।

‘भ्यालेन्टाईन डे’ को दिन प्रेमी जोडीहरु चलचित्रमा समेटिएको कलाकार द्वय सिद्धार्थ गुरुङ र माला सुब्बाको प्रेम केमेष्ट्री हेर्न हलमा पुगेका थिए । सिंगल थिएटरसँगै मल्टिप्लेक्स हलहरुमा दर्शकको बराबर जस्तो साथ चलचित्रले पाएको देखिएको छ । यद्धपी कमजोर पब्लिसिटीका बाबजुत प्रदर्शनमा आएको अर्को चलचित्र ‘सुन्तली’मा भने दर्शकको साथ मध्यम देखियो । हलमा ट्रेलर बजेपनि बिना कुनै मिडिया हुईमका साथ गुपचुप जस्तै हलमा भित्रिएको यो चलचित्रको बारेमा जानकार नै नहुँदा चलचित्र लागेको हलभित्र दर्शकको साथ पुगेको पाईएन् ।

विजनेश सार्वजनिक नगरिएको अवस्थामा दुई चलचित्रमा ‘वान वे’ धेरै माथी पाईएको हल सञ्चालक र वितरक बताउँछन् । यद्धपी ठुलो बजेटमा हल प्रवेश गरेको यो चलचित्रले लगानी रोकभर गरेर मुनाफामा पुग्न भने केहि संघर्ष गर्नपर्ने देखीन्छ । जहाँ सिधा प्रभाव सँगसँगै रिलिज भएको वलिउड चलचित्र ‘रोए’ले पारेको छ ।

चलचित्र ‘वान वे’लाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् । जहाँ माला र सिद्धार्थसँगै रोबिन तामाङ र करिष्मा मान्नधरको लिड अभिनय छ । त्यस्तै ‘सुन्तली’मा भाष्कर ढुंगानाको निर्देशन छ भने प्रियंका कार्की लिड रोलमा छिन् ।