यी हुन् फिल्मीबजारले सम्मान गर्ने चलचित्रकर्मीहरु

सिने अनलाइनफिल्मीबजार डटकमले प्रथम बार्षिकोत्सबको अवसरमा यहि फाल्गुन ११ गते सोमबार नेपाली चलचित्र क्षेत्रका ९ चलचित्रकर्मीलाई एक भब्य समारोहका बीच सम्मान गर्ने भएको छ । ‘चलचित्रकर्मी सम्मान समारोह २०७१’ मा चलचित्र ‘बदलिदो आकाश’ बाट चलचित्र उद्योगमा निर्देशकको रुपमा प्रवेश गरेका अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाइम अचिभमेन्ट एवार्ड बाट सम्मानित गरिने भएको छ । सो अवसरमा पहिलो नायिका भुवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’ले सम्मानित गरिने जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
Displaying laxmi nath n bhuwan chand fb.jpg
त्यसै गरी सो समारोहमा ‘प्रोत्साहन सम्मान’ बाट ९ बर्षीय चलचित्र निर्देशक सौगात बिष्ट सम्मानित हुने भएका छन् भने नायिका शिल्पा पोख्रेललाई ‘नवप्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । यस्तै नरेन्द्र महर्जनलाई ‘वितरक सम्मान’,छायाकार मन्जु कुमार श्रेष्ठलाई ‘प्राबिधिक सम्मान’ प्रदान गरिने भएको छ भने ‘चलचित्र पत्रकारिता सम्मान’ बाट  प्रकाश सुबेदी ( टेलिभिजन तर्फ) र बिदुर गिरी (पत्रिका तर्फ) सम्मानित हुने भएका छन् ।
कार्यक्रममा ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ बाट सुमन गैरे (अनलाइन तर्फ)लाई सम्मान प्रदान गरिने प्रेस बिज्ञप्तिमा उल्लेख छ ।