फागुन अन्तिममा 'सर्ट फिल्म फेस्टा — २०१५' हुने

ktm short film festaपछिल्लो समय नेपालमा फस्टाउँदै गरेको छोटा चलचित्रको निर्माण क्रमलाई प्रोत्साहन गर्ने तथा यस्ता चलचित्रले उचित स्थान पाउन भन्ने उद्धेश्यले छायाँछबी क्रियसनले यो पटक पनि काठमाण्डू दोश्रो सर्ट फिल्म फेस्टा — २०१५ आयोजना गर्ने भएको छ ।  पहिलो पटक २०१३ आयोजना गरिएको फेस्टा अन्तर्गत नै यो प्रतियोगिता चल्नेछ ।
फेष्टा फागुनको अन्त्यमा आयोजना गरिने आयोजकले जनाएको छ । जहाँ छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तर्क्रिया लगायतका कार्यक्रम पनि आयोजना हुनेछन् ।

सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नहुनुले सर्ट फिल्म निर्माण गरेर पनि सम्बन्धित फिल्म मेकरहरु निराश भइरहेको हामिले पाएका छौं’, छायाँछबीको तर्फबाट निकालिएको विज्ञप्तीमा भनिएको छ, ‘यसै अवस्थामा फेस्टाको निरन्तरता दिंदै यस्ता सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित गर्न सकियोस र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् तथा यसको बजारको लागि सम्बन्धित क्षेत्रले चासो देओस् भन्नका लागि पनि पुनः दोस्रो काठमाडौं सर्ट फिल्म फेष्टा — ०१५ आयोजना गर्न लागिएको हो ।’

नेपाली चलचित्रको व्यापार बिग्रिरहेको बेला बैकल्पिक बजारको रुपमा छोटा चलचित्रहरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वास बढ्दै जाँदा गर्न थालिएको छ भने नेपाली चलचित्रकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका पनि प्रशस्तै उदाहरण छन्, यस्ता चलचित्रले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गरिरहेका हौं’। विज्ञप्तीमा लेखिएको छ ।

फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन/एनिमेशन चलचित्रले भाग लिन पाउने छन् । सम्बन्धित चलचित्रको लम्बाई भने ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने बताईएको छ । फेस्टामा सहभागी हुनका लागि छायाँछबिको कार्यालय डिल्लीबजारमा फागुन १५ सम्म लघू चलचित्र दर्ता गर्नु पर्ने प्रावधान राखिएको छ । जुनसुकै बिधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने छन् । जहाँ प्रतिस्पर्धाको आधारमा बिजयी हुनेलाई पुरस्कारको व्यवस्था आयोजकले गरेको छ ।

Displaying press release 2 .jpg