'वान वे' सँग 'सुन्तली' भिड्दा दर्शकको साथ कसलाई ?

one way vs suntaliफ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली  चलचित्र प्रदर्शनमा आएका छन् । ठुलो पब्लिसिटी र हल्लिखल्लीकाबीच राजकुमार राई निर्मित चलचित्र ‘वान वे’ र प्रचण्डमान श्रेष्ठ निर्मित चलचित्र ‘सुन्तली’ दर्शकमाझ आएका हुन् । दुबै चलचित्रले रिलिज अघी नै गरेको प्रिमियरमा दर्शकको मध्यक रिभ्यु पाएका छन् ।

‘वान वे’

 

त्यसो त डन को रुपमा परिचित दिपक मनाङेको मुख्य लगानी रहेको यो चलचित्र निर्माण घोषणाको समयदेखी नै चर्चामा थियो । चलचित्रमा दिपक मनाङेका छोरा सिद्धार्थ लिड कलाकारका रुपमा छन् । सुरज सुब्बा नाल्बो निर्देशित यो चलचित्रमा सिद्धार्थसँगै माला सुब्बा, करिश्मा मानन्धर, रोबिन तामाङ लिड कलाकार छन् । चलचित्रले काठमाडौंसहित देशभरका अधिकांश हल कब्जा गरेको छ ।

‘सुन्तली’

मिडिया हुईम बिना नै प्रदर्शनमा आएको यो चलचित्रलाई भाष्कर ढुङ्गानाले निर्देशन गरेका हुन् । बन्दिपुरमा प्रायः दृश्य छायाँकन गरिएको यो चलचित्रमा सुन्तलीको रुपमा प्रियंका कार्की अभिनयमा छिन् भने अपोजिशनमा कर्माले साथ दिएका छन् । यो चलचित्रमा अधिकांश थिएटर आर्टिस्टहरुको  अभिनय समेटिएको छ ।