श्वेताले लेखिन्ः हजुरहरुले चाहेको श्वेता बन्ने कोशिस गर्नेछु'

sweta and shreeपति श्रीकृष्ण श्रेष्ठको निधन पश्चात लामो समयसम्म भाव विह्वल बनेकी अभिनेत्री श्वेता खड्का विस्तारै पीडालाई बिर्साउने कोशिसमा छिन् । करिव एक महिना यता श्रीकृष्णसँग अभिनय रहेको आफ्नो पछिल्लो चलचित्र ‘कोहिनुर’ को प्रमियर तथा पारिवारिक भेटघाटको क्रममा विदेशमा रहेकी श्वेता समय-समयम फेसवुक मार्फत आफ्ना मनका अभिव्यक्तीहरु सार्वजनिक गर्नेगर्छिन् । यही क्रममा बिहिवार आफ्नो फेसवुक वालमा मनको भाव व्यक्त गर्दै श्वेतााले पीडा भुल्दै र अब दर्शक तथा सुभचिन्तकहरुले चाहेको श्वेता बन्ने कोशिसमा लागेको बताएकी छिन् ।

अष्ट्रेलियामा रहेकी उनी अबको साता मलेशिया र छिट्टै नै अमेरिकाको कार्यक्रमको लागी प्रश्थान गर्न लागेको जानकारी गराउँदै दर्शक तथा सुभचिन्तकहरुको विस्वास र आफुप्रतिको लगावलाई शरिरले साथ दिएसम्म बेकार हुन नदिने भन्दै पत्रकारहरुलाई समेत सम्बोधन गर्दै सम्पुर्णले आफु अलपत्र परेको अवस्थामा देखाएको साहस , हिम्मत र धैर्यतालाई हृदयदेखि तारिफ गर्दैछु भनेकी छिन् ।

पुर्णपाठ यस्तो छः

आजको मितिसम्म हजुरहरुले म प्रति गरेको निरन्तर माया , साथ र विश्वास अतुलनिय छ | म संग त्यसको प्रशंशा गर्ने कुनै शब्द नै छैन | जिन्दगीमा आँफुले सर्वोस्वो गुमाएर रित्तिएको मान्छे मलाई हजुरहरुले दिएको जिउने आधार , मद्दत र हौशलाले गर्दा आज फेरि आँफु भरिएको अनुभूति भएको छ | म माफी चाहन्छु हजुरहरुले चाहाँदा चाहाँदै पनि मेरो शारिरीक अवस्थाका कारण कतिपय कार्यक्रमहरुमा मैले मेरो उपस्तित जनाउन सकिन | म आज यो फेसबुक मार्फत यो प्रस्टयाउन चाहन्छु कि हजुरहरुले म माथि देखेका सपना , मलाई गरेको बिस्वास र म प्रतिको लगाब मलाई मेरो शरीरले साथ दिए सम्म बेकार हुन दिनेछैन | हजुरहरुको इच्छा अनुसार म यो साता मलेसिया र छिटै अमेरिकाको कार्येक्रममा आफ्नो उपस्तिती जनाउने छु र मेरो शरीरले साथ दिए सम्म अब पुन हजुरहरु बीचमा आएर हजुरहरुले खोजेको , रोजेको र चाहेको स्वेता बन्ने सक्दो कोशिज गर्ने छु |

यहि फेसबुक मार्फत यो पनि भन्न चाहन्छु कि आदरणिय पत्रकार मित्रहरु , नेपाली मुभि शुभ चिन्तकहरु , कोहिनुर परिवारहरु , सारा देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण आमा बुवा , दाजु भाई , दिदि बहिनी लगाएत अन्य सम्पूर्ण बर्गहरु हजुरहरुले म अलपत्र परेको अवस्थामा देखाएको शहाश , हिम्मत र धैर्यतालाई हृदयदेखि तारिफ गर्दछु र आगामी दिनहरुमा पनि यो स्वेतालाई आफ्नै साथी छोरी , दिदि बहिनी बुहारी सोचेर निरन्तर माया साथ दिनुहुनेछ भन्ने पुरा बिस्वास राख्दछु |