कस्मेटिक पसल उद्घाटनमा दिपाश्रीले के गरिन ?

काठमाडौं । ललितपुरमा रहेका ब्युटिसियनहरुले स्थापना गरेको ललित ब्युटीसियन बहुद्देश्यीय सहकारी संस्थाले खोलेको कस्मेटिक होलसेल पसलको बिहीबारबाट शुभारम्भ भएको छ । पसलको हाँस्य कलाकार दीपाश्री निरौला, पूर्व मिस नेपाल उषा खड्गी, कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल, सभासद मदनबहादुर अमात्य र नारी मासिककी सहसम्पादक झरना नहकर्मीले संयुक्त रुपमा उद्घाटन गरे ।
Displaying IMGL8562.JPG
संस्थाकी अध्यक्ष मिना न्यौपानेका अनुसार संस्थाको स्थापनाको एक वर्ष पुगेको अवसर पारेर पसलको शुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा मुस्कान सहित देखिएकी चर्चित हाँस्य अभिनेत्री दिपाश्रीले महिलाहरु आँट भएमा आफै आत्मनिर्भर बन्न सक्छन भन्ने उदाहरणको रुपमा मिनाको यो कामलाई लिनुपर्ने बोलिन् । त्यस्तै उनले ब्युटिसियनहरुले गरेको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जनाईन् ।

‘यो पसलमा महिलाका सम्पूर्ण कस्मेटिकका सामान सुपथ मूल्यमा उपलब्ध गराउने छौं,’ न्यौपानेले भनिन् । उनका अनुसार संस्थाले चाँडै नै वृद्धाश्रम खोल्ने तयारी गरिरहेको छ । संस्थामा हाल ४२ व्युटिसियन सदस्य रहेका छन् । त्यस्तै सभासद अमात्यले वृद्धाश्रम स्थापना गर्ने सोचलाई आफुले पनि सक्दो सहयोग गर्ने बताए । पूर्व मिस नेपाल उषाले पनि ब्युटिसियनको कामको सराहना गरेकी थिईन् ।

Displaying IMGL8565.JPG