निशा र दियाको 'सुनगाभा' अब डिभिडीमा

लेस्बियन स्टोरी उठान गरेको फिल्म सुनगाभाको डिभिडी सार्वजनिक भएको छ ।  मंगलवार ठमेल स्थित कुर्वा थाई रेष्टुरेन्टमा आयोजित एक प्रेस मिटबाट  सुनगाभा यूनिटले डिभिडी सार्वजनिक गरेको हो । सम्भावनाका निकै खानी भनी चिनिएका नयाँ निर्देशक सुवर्ण थापा निर्देशित सुनगाभा २०१३ मा  प्रर्दशन भएको फिल्म हो, जसको डिभिडी भर्सनलाई  हाईटेक ईन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । Displaying 1.jpgनिशा अधिकारी, दिया मास्के र सौगात मल्ल मुख्य भूमिकामा रहेको सुनगाभा समीछकको नजरमा उत्कृष्ट तर बक्स अफिशमा भने फल्प भएको फिल्म हो जसले विभिन्न देशका सात वटा फिल्म फेस्टिभलमा समेत सहभागीता जनाएको थियो ।  यो एउटा हेर्ने पर्ने बिषय बस्तुमा बनेको फिल्म हो त्यसकारण घर बसी बसी सवैले हेरुन भनेर हामीले प्रेस मिट मार्फत जानकारी दिएका हौँ । निर्देशक थापाले भनेका छन् । डिभिडी सार्वजनिक गर्ने कार्यक्रममा निशाको उपस्थिती भने  थिएन तर दिया मास्के चाँहि पति समेत रहेका निर्देशक अनुप बराल र हिरो सौगात मल्लका साथ उपस्थित थिईन् ।

लुट फिल्म रिलिजसम्म बजार राम्रो थियो त्यस पश्चात युट्यूब क्रेज, र बढ्दो अनलाईन पाईरेसीले डिभिडीको सेल पूर्ण रुपमा घटाएको छ ।  र अर्को कुरा पहिले पहिले हामीले एउटै फिल्मको डिभिडी १० हजार पिस  सम्म बचेका थियौ तर आजकाल २ हजार पिस बेच्न समेत हम्मे पर्छ  । डिभिडी तयार गरेको कम्पनी हाईटेक ईन्टरटेन्मेन्टका प्रोप्राईटर राजेन्द मानन्धरको तर्क छ ।

यस्तै मानन्धरले  डिभिडी सेल हुन छाडेपछि आफ्नो कम्पनीले सिमित फिल्महरुको  मात्र राईट किन्ने गरेको बताएका छन् । उनले अन्र्तराष्टिय स्तरको क्वालिटीमा डिभिडी तयार गरेको दावी गर्दै  सुनगाभामालाई   फ्रेन्च र नेपाली दुवै सव टाइँटलमा समेत हेर्न सकिने जानकारी दिएका छन् ।