पुनर्जन्ममा सैनिक परिवारको यथार्थ कथा (भिडियो)

aryan keki nd gajitफागुन २२ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘पुनर्जन्म’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच फिल्म युनिटले आफ्नो फिल्म  ट्रेलर सार्वजनिक गर्यो । कार्यक्रममा फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए ।

अभिनेता आर्यन सिग्देलले फिल्मले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए । ‘यो फिल्मले नयाँ पुस्तालाई नेपालमा भएको द्वन्द्वले सैनिकको परिवारमा पारेको प्रभावलाई प्रस्तुत गर्नेछ’, उनले भने । अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाई प्रतिको भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् ।

फिल्मका निर्देशक तथा सम्पादन सजन श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागे पनि त्यसको कथालाई नयाँ तरिकाले प्रस्तुत गरेर फिल्म बनाएको खुलाए । निर्देशक श्रेष्ठले फिल्म सत्यघटनामा आधारित भए पनि कुनै व्यक्ति विशेषको घटनालाई भने प्रस्तुत नगरिएको जनाए ।

एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्ममा मोहनकृष्णसँगै भद्रबहादुर शाहीको समेत लगानी रहेको छ । फिल्ममा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

भिडियोः