सेक्सी मोडल आशिकाको पाईला सामाजिक कार्यतर्फ

ashika-tamang-close-up-मोड्लिङ हुदै चलचित्र निर्माणको काममा  जुट्दै गरेकी मोडल आशिका तामाङ सामाजिक कार्यमा अघि बढेकी छिन् । चलचित्र उद्योगमा कुशल नायिका तथा निर्मात्रीको रुपमा स्थापित हुने सोचाइले अघि बढ्दै गरेकी यी सुन्दरीले शनिबार गृह जिल्ला धादिङ्को गजुरी स्थित भद्रकाली गुरुकुल सस्कृत बिद्यालयमा आश्रित १८ बिद्यार्थीलाई खाद्यन्न तथा लत्ता कपडा सहित स्टेसनरी समान वितरण गरेकी छिन् ।

आफ्नो एकल लगानीमा निर्माण हुने चलचित्र आउदो चैत्र अन्तिम देखि छायांकनमा जाँदै गरेको तथा एक अनटाइटल फिल्ममा मुख्य अभिनेत्रीमा समेत अनुबन्धित भएकी आशिकाले भद्रकाली सामुदायिक बिकास समाजको १४ औ बार्षिक साधारण सभाको अवसरमा आयोजित एक कार्यक्रममा सहयोग गरेकी हुन् । 
केहि वर्ष देखि जर्मनी बस्दै आएकी आशिका पछिल्लो समय चलचित्र निर्माणका लागि नेपाल आएकी हुन् । यो समयमा उनले समाज सेवामा चासो देखाएकी छिन् । उक्त कार्यक्रममा उनले भनिन् ‘विदेशमा कमाएको केहि रकम सामाजिक कार्यमा लगानी गर्न चाहन्छु । मेरो सानो सहयोगले सामाजिक कार्यमा सानो इट्टा थप्ने काम मात्र हुन्छ ,थोपा थोपाले सागर बने झैँ सबैले सहयोग गर्ने हो भने आफ्नो गाउँ घरमा बिकाश हुन्छ भने गरिब तथा असहाय र अशक्तहरुले पनि जीवन जिउन राहत पाउछन् त्यसर्थ सामाजिक कार्यमा चासो देखाएकी हुँ ।
प्रसस्त पैसा कमाएर दान गर्न आएकी होइन,धन भन्दा ठुलो मन हो’, उनले भनिन् । युवाहरुलाई लक्षित गर्दै भनिन् सक्षम युवाले आफ्नो गाउँ ठाउँ र सामाजिक संघ सस्थालाई हेर्नु पर्छ हामीले नगरे कसले गर्ने हरेक ठाउमा सरकारको मात्र मुख ताक्नु राम्रो होइन । उनको आसय जे जति सकिन्छ युवाहरुले पनि सामाजिक कार्यमा सहभागी हुनुपर्छ भन्ने थियो ।