चलचित्रमा अश्लिलता बढ्दा पहिचान नै गुम्ने खतरा

रोल्पा । पछिल्लो समय प्रदर्शनमा आएका, प्रदर्शनको क्रममा रहेका तथा छायाँकनको क्रममा नै रहेका प्रायः चलचित्रको विषयवस्तु नियाल्ने हो भने पुराना नेपाली चलचित्रको खास पहिचान केहि प्रतिशत मात्र भेट्न पनि मुश्किल हुन सक्छ । युवा केन्द्रित भन्दै भल्गारिटी र अश्लिलतालाई प्रश्रय दिनेने किसिमका विषयवस्तु नेपाली चलचित्रमा बढ्दै जाँदा सम्बन्धित चलचित्र सम्बद्ध निकायहरुको कम चासो प्रति रोल्पामा चलिरहेको ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५’ मा यसको चर्चा भएको छ ।laxminath sharmaबरिष्ठ चलचित्रकर्मी निर्देशक प्राध्यापक लक्ष्मीनाथ शर्माले आफ्नो ‘सेसन’मा यो विषय उठान गरे । शनिवार चलिरहेको कार्यशालाको दोश्रो दिन पछिल्लो समय नेपाली चलचित्रमा बढ्दै गएको गलत प्रयोगलाई दुःखद भन्दै यो प्रकारको क्रमले तिब्रता पाउँदै गएमा खास पहिचान नै गुम्ने खतरा रहेको उल्लेख गरेका थिए । पछिल्लो दुई बर्षमा प्रदर्शनमा आएका ‘लुट’ र ‘चपली हाईट’ सहितका चलचित्रको विषय पछाडी नै अन्य सिनेमा लागेपछी एक बर्ष पहिले चलचित्र विकास वोर्डले दर्ताको क्रममा स्कृप्ट छानविनको लागी बनाएको समितिमा समेत शर्मा सामेल थिए । त्यो समयमा १ सयमा करिब ८० प्रतिशत चलचित्रको विषय ‘पोर्न’ मुभीको जस्तै पाईएको भन्दै त्यो समयमा रिजेक्ट भएपनि अहिले पुनः त्यो क्रमले निरन्तरता पाएको उनको भनाई थियो ।

कार्यशाला अन्तर्गत शनिवारको विहानी ‘सेसन’मा उनले उठाएको यो विषयमा समाधानको लागी सिनेमा बनाउन तत्पर हुने सम्बन्धित निकाय नै सचेत हुनुपर्ने र त्यो सँगसँगै सिनेमा सम्बद्ध निकायहरुले निगरानी बढाउनुपर्ने धारणा अन्य सहभागीहरुले राखेका थिए । त्यस्तै शर्माले घुमाउरो पाराले ‘एटिएम’ जस्ता चलचित्रहरु आउनु  नेपाली चलचित्र इद्योगको लागी ‘भाईरस’ पस्नु बराबर रहेको जिकिर गरे । यसै बिषयमा चलचित्र झोलाका निर्देशक यादवकुमार भट्टराईले जसले जस्तो चलचित्र बनाए पनि अन्त्यमा दर्शकले त्यसको लेखाजोखा राख्ने भन्दै  मौलिकता र नेपालीपना  समेटिएको चलचित्र बनेमा सफल बन्नेमा समेत दुई मत नभएको धारणा राखे ।bdeshiशुक्रवारबाट सुरु भएर नौ दिनसम्म चल्ने कार्यशालामा शुक्रवार र शनिवारको ‘सेसन’मा विश्च सिनेमा ईतिहास सँगसँगै सिनेमाटोग्राफी ‘वेसिक थेउरी’ तथा ‘ विश्व सिनेमा आन्दोलन र त्यसको प्रभाव लगायतका विषयहरुमा चर्चा भईरहेको छ । केपी पाठक नेतृत्वको अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा रोल्पा सदरमुकाम लिवाङ्गमा चलिरहेको यो कार्यशालामा ६० बढी चलचित्रकर्मीको सहभागिता छ ।