हवल्दार सुन्तलीमा शिल्पाको यस्तो एक्शन (भिडियो)

hawaldar suntaliaसत्य घटनामा आधारित भनिएको चलचित्र ‘हवल्दार सु्न्तली’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । आगामी चैत्र २७ लाई प्रदर्शनको मिति तय गरेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेललाई एक्शन शैलीमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । चलचित्रलाई महिला प्रधान पनि भनिएको छ ।

छबिराज प्रोडक्शनको ब्यानरमा तयार यो सिनेमालाई ऋषी लामिछानेले निर्देशन गरेका हुन् । जहाँ शिल्पासँगै सबिन श्रेष्ठ, किशोर खतिवडालाई लिड रोलमा देख्न सकिन्छ ।  सिनेमालाई काठमाडौ तथा हेटौंडामा छायांकन गरिएको छ ।

ट्रेलर हेर्नुहोसः