गायक ध्रुब डिवानको 'अब' श्रोतामाझ

dhurba d1aउदयीमान गायक ध्रुब डिवान को पहिलो सांगितिक एल्बम सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पप-रक गायक तथा र्यापर रोबिन तामाङ, सञ्जय श्रेष्ठ गायक लगायतले ध्रुबको पहिलो सांगितिक एल्बम ‘अब’ को बिमोचन गरे ।

यसअघी नै युटयुवमा सार्वजनिक पहिलो गीत ‘ससुरालीमा’ को सफलताले उत्साहित गायक डिवानको एकल एल्बम ‘अब’मा छ वटा गीत समावेश छन् । सोसाईटी मिडिया प्रालीको तर्फबाट बजारमा आएको ‘अब’ एल्बममा समावेश ‘मरेकी छे’, ‘ससुराली घर’, ‘ओठको हाँसो’, ‘पुलुक्कै हेर्ने’, साथै ‘मरेकी छे’ र ‘ओठको हाँसो’ को दुई ईन्स्टुमेन्टल भर्सन समावेश गीतहरुमा स्वर गायक स्वयंमको छ भने संगीत र शब्दमा रमेश अधिकारी र बिनोद नकर्मीले साथ दिएका छन् ।dhurba d1कार्यक्रममा बोल्दै गायक डिवानले बाल्यकालदेखीको गायक बन्ने सोख पुरा भएकोमा सपाना साकार भएको उल्लेख गर्दै यसको श्रेय र प्रेरणाको श्रोतको रुपमा सिनियर गायकहरु र आफ्ना नजिकका केहि साथी सहपाठीलाई दिए ।   साथै आफ्नो पहिलो एल्बम आफुलाई जन्मदिने आमा र बुबाप्रति समर्पित गरे ।

माथी उल्लेखित एल्बममा समावेश गीतहरु मध्ये ‘ससुराली घर’ बोलको गीतको भिडियो तयार भईसकेको छ भने अन्य गीतको भिडियो तयारको क्रममा छ ।