जीवन र नीता भन्छन: माया राम्रो डबल सिम ! (भिडियो)

bhulbhulaiyaoutयोगेश घिमिरे निर्देशित सिनेमा ‘भुलभुलैया’को अफिसियल गीत रिलिज भएको छ । आउँदो चैत्र १३ लाई सार्वजनिक प्रदर्शनको मिति तय गरेको यो सिनेमाको सार्वजनिक गीतमा अभिनेता जीवन लुईटेल र अभिनेत्री नीता ढुङ्गानाबीचको प्रेमभावलाई देख्न सकिन्छ ।

सार्वजनिक ‘माया राम्रो डबल सिम’ बोलको गीतमा स्वर प्रल्हाद तिमिल्सिना र मल्लिका कार्कीको छ भने संगीत बसन्त सापकोटाले भरेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । दिनेश कुमार पोखरेल प्रस्तुतकर्ता रहेको सिनेमामा सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको लगानी छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यो सिनेमामा जीवन र नीतासँगै सोहित मान्नधर लिड रोलमा छन् ।

गीत हेर्नुहोसः