चलचित्र संगीतमा सन्तोष

सुगम संगीतको क्षेत्रमा उल्लेख्य रुपमा संगीत दिइरहेका श्रेष्ठ अब भने चलचित्र संगीतमा पनि आफूलाई सँगै लैजाने बताएका छन् । बुधबार ड्रिम्स स्टुडियोमा श्रेयषी चेमजोङको स्वरमा गीत रेकर्ड गराउँदै श्रेष्ठले भने अब चलचित्रको संगीततर्फ पनि आफूलाई लैजाने सोच बनाएको छु । यस गीतमा श्रेयषीका अलावा राजेशपायल राईको पनि स्वर रहने बताइएको छ ।

santosh-Shrestha
श्री मिडिया सर्च एण्ड मुभी मेकर प्रा।लि।को निर्माणमा बन्न लागेको चलचित्र देव देवकीको निर्देशन भने माधव खरेलले गर्ने भएका हुन् । ललिता कुँवरको शब्दमा श्रेष्ठले चलचित्रमा संगीत दिएका हुन् । धनी केटी र गरीब केटाबीचको कथावस्तुमा तयार हुन लागेको चलचित्रको छायाँनक धेरैजसो सुदूरपश्चिमको क्षेत्रमा गरिन लागेको बताइएको छ । चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, मोतिराम जैसी, एनआर घिमिरे, धनराज चौधरी, केशव सापकोटा, गंगा भुजेललगायतको कलाकार छनौट भइसकेको छ भने केही मुख्य कलाकारहरुको छनौट हुन बाँकी छ । चलचित्रमा सुदरपश्चिमका स्थानीय कलाकारहरुको समेत अभिनय रहने निर्देशक खरेलले बताए ।