‘हँसिया’ निर्देशकले हाई बजेटमा ‘ह्याप्पी डेज’ निर्देशन गर्ने

milan chamsलेडी एक्सन प्रधान सिनेमा  ‘हँसिया’ निर्देशन गरेका मिलन चाम्सले अब अर्को सिनेमा पनि निर्देशन गर्ने घोषणा गरेका छन् । ‘हाई बजेट’को भनिएको नयाँ सिनेमा ‘ह्याप्पी डेज’ निर्देशन गर्ने बएका हुन् । सिनेमामा राजेन्द्र भट्टको लगानी रहनेछ ।

नेपाल बाहिर खिचिने भनिएको यो सिनेमाको लागी इंग्ल्यान्ड, स्कटल्यान्ड र बेल्जियम मुख्य लोकेशन स्थल छनेट गरिएको जानकारीमा छ । निर्देशक चाम्सले यो सिनेमाको बजेट साढे एक करोड माथि हुने बताएका छन् । नेपाली फिल्म बजारमा ‘ह्याप्पी डेज’ को यो लागत उच्च जोखिम हो । यो सिनेमा ‘ह्याप्पी डेज’ मा नेपालकै मल्टिस्टारको अभिनय रहने बताईएको छ यद्धपी नाम भने सार्वजनिक गरिएको छैन् ।

निर्देशकले सबै कलाकारको नाम एक बिशेष कार्यक्रम गरी सार्वजनिक गर्ने बताएका छन् । म्युजिक भिडियो निर्देशनमा अब्बल ठहरिका चाम्सले पहिलो सिनेमाबाट राम्रै चर्चा बटुलेका थिए । चाम्स इन्टरटेनमेन्टको प्रस्तुती रहने यो सिनेमा ‘ह्याप्पी डेज’को कथा कोरियोग्राफर रेनेशा वान्तवा राईको हो ।