'जंगबहादुरको कोट' भित्र झल्केको सुचित्रा र बिमलेश प्रेम (भिडियो)

jangabahadrko coatसिनेमा ‘जंगबहादुरको कोटको’  अफिसियल गीत रिलिज गरिएको छ । प्रदर्शनको मिति तय नभईसकेको यो सिनेमा भित्र समावेश ‘आधा बाटो’ बोलको गीतमा लोकेशन समेटिएका अष्ट्रेलियाका मनोरम दृश्यहरु समेटिएको देक्न सकिन्छ , जहाँ दुई कलाकार बिमलेश अधिकारी र सुचित्रा आचार्य फिचरिङमा छन् ।
सार्वजनिक गीतमा कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत समावेश छ । आशिष भेटवालले निर्देशन गरेको यो सिनेमामा बिमलेश र सुचित्रासँगै विश्व बस्नेत, अनुप बराल, मोहन निरौला, सुवांगी कोइराला लगायतको अभिनय छ । जयन खड्काले निर्माण गरेको सिनेमाले राणाकालिन प्रधानमन्त्री ‘जंगबहादुरको कोट’को प्रसंग बोकेको निर्माण युनिट बताउँछ ।
गीत हेर्नुहोसः
https://www.youtube.com/watch?v=sLrKJhdPYO0