'रेशम फिलिली'मा बिनयको यस्तो पारा (भिडियो)

resham filili posterअभिनेता तथा निर्माता बिनय श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘रेशम फिलिली’को टाईटल गीत सार्वजनिक गरेका छन् । सोमबार परेको आफ्नो जन्मदिनको अवसरमा उनले आउँदो नयाँ बर्षको बैसाख ११ लाई प्रदर्शनको मिति तय गरेको यो चलचित्रको शिर्ष गीत रिलिज गरेका हुन् । त्यसो त यो चलचित्रमा उनी स्वयंम लिड कलाकारमा पनि छन् ।

सार्वजनिक गीतमा संगीत कालिप्रसाद बाँस्कोटाको रहेको छ । साथै गीतमा स्वर पनि संगीतकारको नै रहेको छ । पछिल्लो पटक युट्युवमा सार्वजनिक अडियो गीतले सिने मार्केट गर्माईरहँदा यो चलचित्रको भिडियो गीत रिलिज भएको हो । चलचित्रमा बिनयसँगै मेनका प्रधान र कामेश्वर चौरासिया लिड रोलमा छन् । चलचित्रमा प्रनव जोशीको निर्देशन छ ।

भिडियोः