'ब्याड ब्वाई'मा गलत बाटोमा लागेका युवाहरुको कथा

bad boyपोष्ट प्रोडक्शनको अन्तिम चरणमा रहेको चलचित्र ‘ब्याड ब्वाइ’ छिट्टै नै दर्श॔कमाझ आउने भएको छ । निर्माण युनिटले दिएको जानकारी अनुसार पोष्टको काम सकिएसँगै सिनेमालाई जतिसक्दो छिटो दर्शकमाझ ल्याउने तयारी स्वरुप काम अघी बढिरहेको बुझिएको छ ।

गलत बाटोमा लागेका युवाहरुको कथा बोल्ने यो सिनेमालाई बरुण अधिकारीले निर्देशन गरेका हुन् । मनोज फिल्मस् प्रोडक्सको ब्यानरमा तयार हुँदै गरेको यो सिनेमामा राजेश ढुङगाना, शुशान्त हरिस्क, रोशनि घिमरे, सुमित्रा श्रेषठ,नािनकाजी ढ्ंगोल, विरेश दाहाल लगायतका कलाकारहरुको अभिनय रहेको जानकारीमा छ । यो सिनेमालाई मनोज थापा र प्रकाश सिटौलाले संयुक्त लगानीमा निर्माण गरेका हुन् । माधव शर्माको कथा समेटिएको यो सिनेमामा संगीत राम कार्कीको रहेको छ भने द्वन्द्व निर्देशन राजुजंग थापाको रहेको छ । ‘ब्याड ब्वाई’ लाई बिनोद सापकोटाले खिचेका हुन् ।