सञ्चारकर्मी अर्याल चलचित्र निर्माता बन्दै

shyam aसञ्चारकर्मी श्याम अर्यालको परिचयमा सिनेमा निर्माता पनि थपिने भएको छ । यस अघि ‘द युग देखि युग सम्म’, ‘आइ एम सरी’ र ‘प्रोड्युसर’ लगायतका सिनेमामा अभिनय गरेका अर्यालको प्रोडक्सन कम्पनी मिजल पिक्चर प्रोडक्सनबाट दुइ फिल्म बन्ने भएका छन् । पहिलो फिल्मलाई अनुप गिरीले निर्देशन गर्नेछन । सिनेमा सामाजिक कथामा बन्ने बताईएको छ ।

श्याम भन्छन यसै क्षेत्रमा यत्रो समय बिताइयो अब फिल्म बितरणसंगै निर्माण गर्ने सोचका साथ् आउदैछौ । रतन थापा निर्मात तथा आफै प्रस्तुतकर्ता भएता पनि उनि फिल्ममा भने खेल्ने छैनन् । आफु सुहाउदो पात्र नभएका कारण म फिल्म भने खेल्दिन श्यामले फिल्ममा अभिनय नगर्ने कारणलाई केहि खुलाए । फिल्मले चैत्रबाट फ्लोर ज्वाइन गर्नेछ । यसका साथै यस मिजल पिक्चर्सले गल्फ कन्ट्रीमा फिल्म पनि बितरण गर्नेछ ।

पहिलो चरणमा कोहिनुर , नोभेम्बर रेन र स्टुपिड मन बितरण गर्ने सोचमा रहेको श्यामले बताए । पहिलो चरणमा यी तिन फिल्म प्रदर्शन गर्दै छौ त्यस पश्चात नेपाल रिलिज संगै नियमित रिलिज गर्ने प्रक्रिया मिलाउदै छौ श्यामले गल्फ कन्ट्रीमा फिल्म बितरण बारे खुलाए । नेपालमा ऐतिहासिक रेकर्ड राख्न सफल स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ द्वारा अभिनित अन्तिम फिल्म कोहिनुर को प्रदर्शन फेब्रुअरी को १३ तारिखमा दुबईमा हुनेछ ।Displaying shyam.jpgश्याम भन्छन ‘हामीले यी हलमै अरबि भाषामा सब टाइटल गरि फिल्म प्रदर्शन गर्ने प्रक्रियामा छौ साथै नेपाली फिल्म छायांकनको लागि त्याहा पुग्नेलाई पनि प्रक्रिया मिलाउने छौ ।’ उचित ब्यबस्था नहुदा फिल्महरु दुबईमा छायांकनको लागि नपुगेको ठम्याई उनको छ ।