रोल्पामा हुने अन्तर्राष्ट्रिय चलचित्र कार्यशालाको तयारी पुरा

अखिल नेपाल चलचित्रकर्मी संघले यही माघ २२ देखी फागुन १ सम्म रोल्पामा गर्न लागेको ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला’ (वर्कसप) को सम्पुर्ण तयारी पुरा भएको छ । अध्यक्ष केपी पाठकले दिएको जानकारी अनुसार वर्कसपमा सहभागी हुने चलचित्रकर्मी तथा सञ्चारकर्मीहरु सहित स्वदेशी र विदेशी प्रशिक्षकहरुको नामावली समेत फाईनल भएको छ ।

अध्यक्ष पाठकका अनुसार वर्कसपमा भारतबाट दुई र ईजिप्टबाट एक जना प्रशिक्षक आउने फाईनल भएको छ । यसअघी चिन र क्युवाबाट पनि एक-एक जना प्रशिक्षक आउने बताईएपनि अन्ततः भाषा समस्याको कारण उनीहरुलाई उपस्थित गराउँदा सहभागीहरुलाई ‘ट्रान्सेटर’को माध्यमबाट बुझाउनुपर्ने अवस्था आउने भएपछी उनीहरुको सेसन स्थगित गरिएको जनाईएको छ ।akhil nepal७० जना प्रशिक्षार्थी सहभागी हुने वर्कसपमा भारतिय सिनेमाटोग्राफर एसोशियसनका महासचिव समेत रहेका निर्देशक, सिनेमाटोग्राफर सन्नी जोसेफ र अर्का लेखक, निर्देशक तथा प्राध्यापक सेखर दासले प्रशिक्षण दिनेछन भने ईजिप्टबाट आउने महिला एटर, समालोचक तथा अन्तर्राष्ट्रिय जुरी सदस्य सफा एलाईसी हगागले प्रशिक्षण दिनेछिन् ।

वर्कसप भित्र विभिन्न समुहमा विभाजन गरेर प्रशिक्षार्थीहरुमाझ निर्देशन, सम्पादन तथा लेखन तथा समालोचना सहितका चलचित्र क्षेत्रका विभिन्न विधामा अन्तर्कृया हुनेछ । जहाँ बिहान ८ बजेबाट ५ सम्म नियमित सेसन चल्नेछ भने त्यसपश्चात विभिन्न देशका सिनेमा हेर्ने सहित स्थानियसँग बसेर नेपाली सिनेमा हेर्ने र प्रतिक्रिया पनि लिईने कार्यक्रम समेत तय भएको आयोजकले बताएको छ ।

१० बर्षमा नेपाली सिनेमाको आफ्नै पहिचान निर्माण गर्न ५ बर्ष पहिले आफ्नै नेतृत्वमा निर्देशक समाजको तर्फबाट सुरु गरिएको सृजनात्मक आन्दोलन अन्तर्गत नै यो वर्कसप आयोजना भएको अध्यक्ष पाठकले बताए । यो वर्कसपलाई नेपाली सिनेमाको सृजनात्मक आन्दोलनको माथिल्लो खुड्किलो स्वरुप लिएका छौं, पाठकले भने ।