'चलेछ बतास सुस्तरी' मा हट शुष्माले दुई हिरो सँग रोमान्स गर्ने

नेपाली चलचित्र नगरीमा एउटा चलेको कथाकार तथा लेखक प्रदिप भारद्वाजले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र “चलेछ बतास सुस्तरी” को शुक्रबार राजधानीको कमलादी स्थीत गणेश मन्दिरमा शुभमुहुर्त गरिएको छ। अरुण फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने तेस्रो चलचित्र चलेछ बतास सुस्तरिलाई डेब्यु निर्देशक सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गर्ने जनाईएको छ ।
Displaying IMG_0068.jpg
शुक्रबार दुई निर्देशकले बिधिगत रुपमा स्क्रिप्ट तथा क्यामेराको पुजा गरेर चलचित्रको निर्माण घोषणा गरेका थिए । त्यस्तै चलचित्रको लागि शुभमुहुर्त साइतमा नायक प्रमोद भारद्वाज ,नायिका शुष्मा कार्की र कलाकार पुष्प लुईंटेलले शुभमुहुर्त सट पनि दिए । शुभमुहुर्त सटकोलागी क्यामेराको स्विच अँन सुरेन्द्र दियालीले गरे त्यस्तै क्ल्याप कलाकार हेमन्त बुढाथोकीले दिएका थिए  ,नरिवल दोन्द निर्देशक रोशन श्रेष्ठले फुटाए ,त्यस्तै  निर्देशक ज्ञानेन्द्र देउजाले मुहुर्त सटमा एक्सन कमाण्ड गरेर चलचित्रको शुभमुहुर्त साईत गरे ।
“चलचित्र चलेछ बतास सुस्तरी” लाई सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले खिच्नेछन चलचित्रमा रामजी लामीछाने र कविराज गहतराजको कोरियोग्राफी रहने छ । रोशन श्रेष्ठको दोन्द रहने यस चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन रहने छ । बिकास चौधरी र सन्तोष राजौरेको संगीत चलचित्रमा सुन्न पाईने छ । चलचित्र माघको अन्तिम साता बाट फ्लोरमा जाने चलचित्रका लागि निर्माण नियन्त्रक कृष्ण कोइरालाले जानकारी दिएका छन् ।