बिहे र पिकनिक को छायाँमा 'सम्बोधन' र 'टाईगर दि रियल हिरो'

यो हप्ताबाट प्रदर्शनमा आएका दुबै सिनेमाको ओपनिङ कमजोर देखिएको छ । रिलिज डे शुक्रवार बिदाको दिन परेपनि दुबै सिनेमाले हलमा दर्शक तान्न नसकेको पाईएको हो । शुक्रवार राजधानीका केहि मल्टिप्लेक्स तथा सिङ्गल थिएटरमा पुग्दा टाईगर दि रियल हिरो’ र ‘सम्बोधन’ सिनेमा हेर्न आउने दर्शकको संख्या गिन्तीमा सिमित भेटिएको थियो ।यस्तै शनिवारको बिहानी सो मा पनि सिनेमा हेर्न दर्शक उल्लेख्य रुपमा हलमा उपस्थित नभएको हल सञ्चालकहरुबाट जानकारीमा आएको छ । बिहेको मौसम परेको र त्यो माथी ‘पिकनिक’ को समय परेकोले दर्शकहरु हलमा पुगेर सिनेमाबाट मनोरञ्जन लिनमा भन्दा त्यतै व्यस्त रहेकोले सिनेमाको ओपनिङ सुखद नभएको अष्टनारायण हलका एक कर्मचारीले बताए ।

त्यसो त शुक्रवार अष्टनारायण हल पुग्दा दर्शकले ‘झुर सिनेमा’ भन्दै गाली समेत गर्दै निस्केको पाईएको थियो । राजु गिरी निर्देशित टाईगर दि रियल हिरो’ र हेमराज बिसी निर्देशित ‘सम्बोधन’को पब्लिसिटी पनि खासै धमाकेदार देखिएको थिएन् । सम्बोधनमा दयाहाङ राई, बिनय भट्ट र नम्रता श्रेष्ठ लिड रोलमा छन भणे टाईगरमा सुभेच्छा थापा, समिक्षा अर्याल अशोक फुयाँल लगायतको अभिनय छ ।