फ्राईडे रिजिजः ‘सम्बोधन’लाई टाईगरको चुनौती

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । यसअघी गत भदौ ६ मा प्रदर्शनको मिति तय गरेर ब्याक हटेको चलचित्र ‘सम्बोधन’ रअर्को चलचित्र ‘टाईगर ति रियल हिरो’ प्रदर्शनमा आएका हुन् ।

हेमराज विसी निर्देशित चलचित्र ‘सम्बोधन’ देशभर करिब ५० पर्दामा लागेको निर्माण युनिट बताउँछ । बिसीको निर्देशनमा बनेको यो तेस्रो चलचित्र हो । पहिलो चलचित्र ‘होस्टेल’ र दोस्रो चलचित्र ‘जेरी’ले राम्रो ब्यापार गरेका कारण यो फिल्मले पनि राम्रै व्यापार गर्ने आशामा निर्माण युनिट छ । चलचित्रमा नम्रता श्रेष्ठ, बिनय भट्ट र दयाहाङ राई लिड रोलमा छन् ।त्यस्तै राजु गिरी निर्देशित चलचित्र ‘टाईगर दि रियल हिरो’ पटक पटक मिति सर्दै अन्ततः यो हप्ताबाट दर्शकमाझ आएको हो । चलचित्रमा सुभेच्छा थापा, समिक्षा अर्याल, अशोक फुयाँल र दिपक ढकाल लिड रोलमा छन् ।

सहिद दिवसको बिदा र भोली शनिवार परेकोले पनि दर्शकलाई हलमा बाँध्न सकेमा दुबै चलचित्रले राम्रो विजनेश गर्न सक्ने आँकलन धेरैको छ । यद्धपी चलचित्रलाई दर्शकले कस्तो प्रतिक्रिया दिन्छन त्यो भने शुक्रवारको अवस्थाले नै निर्क्यौल गर्नेछ ।