गोपिको विग प्रोजेक्टबाट निर्माताले झिके हात ,मुर्गा बनाउन खोजेको आरोप

केही समय अगाडी भव्य कार्यक्रमका विचमा आफ्ना विग प्रोजेक्टहरु सार्वजानिक गर्दै सात फिल्मको घोषणा समेत गर्यो गोपि कृष्ण मुभिजले । गु्रपिड.मा चलचित्र निर्माण देखि वितरणको समेत प्लानिड. सार्वजानिक गरेको यो कम्पनिको व्यानरमा यतिवेला चलचित्र होमवर्क छायांकनमा छ । भने सात निर्माता मध्य एक निर्मात्रीको रुपमा आफुलाई प्रस्तुत गरेकी नायिका करिष्मा मानन्धरले  आफ्नो चलचित्र फागुको घोषणा गरिरहदा गोपि संग मिलेर फिल्म निर्माण गर्न लागेका ति निर्माता मध्ये एकले आफुले हात झिकेको कुरा फिल्मिजुमलाई बताएका छन् ।

gopi-photo

पेशाले फिल्मलाईन भन्दा बाहिरका व्यापारी विरेन्द्र श्रेष्ठ नामका व्यक्तिले आफुले हात झिकेको बताएका हुन् । श्रेष्ठ भन्छन -“उद्व जि को आग्रहमा चलचित्र निर्माण गर्ने सोच त बनाए तर पछि बुझ्दै जादा यो लाईन त मुर्गा फसाउने लाईन रहेछ त्यसैले मैले बिना प्रफिटको लाईनमा पैसा फसाउन चाहिन ।”