"एकान्तमा एक्लै रुने गर्दथे" – सञ्चिता लुईटेल

‘क्यूट’ अनुहार अनि ‘स्वीट’ भ्वाईस भएकी नायिका सञ्चिता लुईटेल नायक निखिल उप्रती संग विवाह गरेपछि एकाएक गुमनाम बनिन् । यतिबेला करिव चार वर्षपछि आफ्ना दूई सन्तान कि आमा बनेर पुन आफ्नो प्रोफेसनमा फर्कीएकी छिन् । एक छोरा र एक छोरीकी आमा बनेकी सञ्चिता एक ताका निक्कै मोटाएपछि अब उनको फिल्मि करियरमा फुलस्टप लाग्यो भन्नेहरुको पनि ताती थियो । तर यि सव कुराहरुलाई पन्छ्याउदै लुईटेल आफ्नो शारिरिक सुगठनका साथ पुन अभिनय यात्रामा जुटेकी छिन् ।

sanchita luitel

भर्खर मात्रा ‘नाई नभन्नु ल ३’, ‘आरोप’ लगायत केही फिल्म र म्युजिक भिडियोको सुटिड. सिध्याएकी उनले लगातार फिल्मको लागि अफर आईरहेको छ तर फिल्म छानेर गरु कि जुन अफर आउछ त्यो गरु म दोधारमा परेकी छु । उनी भन्छिन -“फिल्म छान्न थाल्यो भने उ ठुलि पल्टिछे भन्न थाल्छन जे आयो अफर त्यहि गरु फिल्म पाईनछ जे पायो त्यहि फिल्म खेल्न थालि भन्छन” । आफु गुमनाम बनिरहदा आफ्ना फ्यान सम्झदा र शुभचिन्तकका भनाई सम्झदा एकान्तमा बसेर रुन           गरेको बताउने सञ्चिता आफु कुनै पनि हालतमा फिल्म लाईन भन्दा बेगल रहन नसक्ने बताउछीन ।

san

केही समय आफ्नो फिल्म प्रोडक्सनको ड्रिम बनाईनसकेकी सञ्चिता अब छिट्टैनै निखिल उप्रेती संगै लुटेरा फिल्ममा देखिदैछीन् ।