'फुलैफुलको मौसम तिमीलाई'पोष्टपोन्ड

चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’को अन्तत हल अभावको कारणले रिलिज पोष्टपोन्ड भएको छ । निर्देशक दिनेश डिसीको लगानी तथा निर्देशनमा बनेको ‘फुलैफुलको मौसम तिमीलाई’ चैत्र २७ बाट सरेर बैशाख ११ मा पुगेको हो । चैत्र २७ मा ‘हवल्दार सुन्तली’ ,’नाई नभन्नु ल ३’ र ‘फुलैफुलको मौसम तिमी’लाई प्रर्दशन हुने भनिएता पनि यो चलचित्रको पोष्टपोन्ड पछि चैत्र २७ मा दुई चलचित्रमात्र रिलिज हुने भएका छन् ।
nita-amesh

अपेक्षित ३ चलचित्र एकसाथ प्रर्दशन हुदा स्वयम निर्माण कम्पनिलाई घाटा त छदै थियो । त्यसका अलवा सिने जगतको अस्वस्थ प्रतिस्पर्धा स्वत देखिन्थ्यो । अब अहिले सम्मको सेड्युललाई हेर्ने हो भने बैशाख ११ मा ‘रेशम फिलिलि’ र ‘फुलै फुलको मौसम तिमीलाई’
मात्र प्रदर्शन हुने पक्का छ ।