"क्यामेष्ट्री मिल्नका लागी वर्कसप आवश्यक छैन"-सिदार्थ

रिलिज मिति नजिकिदै गर्दा चलचित्र ‘वन वे’ टिमले प्रचार प्रसारको गतिलाई तिव्रता दिएको छ । फागुन १बाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रका मुख्य कलाकार माला सुव्वा र सिदार्थ गुरुड. मिडियामा ‘वान वे’को प्रचारका लागि खुलेर लागेका छन् । मिडिया सामु ‘वन वे’ कलाकारहरु माला र सिदार्थले आफुले  विना हिचकिचावट अभिनय गरेको वताउछन् । त्यसो त ‘वन वे’ डेव्यु यि कलाकारमा माला यो फिल्मबाट निकै खुसी देखिन्छीन भने सिदार्थ आफुलाई चलचित्र हेर्ने जतिले गुड एक्टर मान्नेमा विश्वस्त देखिन्छन् ।

two

‘वन वे’ सेटमा अग्रज कलाकार रविन तामाड. र करिष्मा मानन्धर संगको अनुभवलाई एउटा स्मरणीय तथा सिपमुलक समय बनेको स्मरण गर्छन सिदार्थ । “पहिलो पटक ‘वन वे’ सेटमा करिष्मालाई भेटे पनि उहाँ संग अभिनय गर्न मलाई कति पनि असहज भएन तर चाहिने भन्दा बढी बोल्न पनि सकिन” सुटिड. क्षणलाई फिल्मिजुम संगको भेटमा यसरी सम्झिए सिदार्थले । “तर पहिलो पटक भेट भए पनि आफ्नो अभिनय क्षमतालाई मैले कति पनि विचलित बनाएको छैन्” । क्यामेष्ट्री मिल्नका लागि अगाडी देखिको चिनजान र वर्कसप आवश्यक नहुने बताउछन यि कलाकार ।

three

 

छिउदा राईको प्रस्तुती रहेको वन वेको कथा डा.प्रदिप भट्राईले लेखेका हुन् । फागुन १ बाट झण्डै ७० वटा पर्दामा अनस्क्रिन गराउने लक्ष्य लिईएको ‘वन वे’का अर्का निर्माता दिपक गरुड. हुन् । आर सि पिक्चर्सको प्रस्तुतीमा सुरज सुब्बा निर्देशित ‘वन वे’ लाई निर्माता राज कुमार राई नेपाली सिने जगतको बिकास संगसंगै परिवर्तित सिनेमाको भिडमा एउटा छुट्टै आभास गराउने नितान्त सामाजिक परिवेशलाई चित्रण गर्ने उदेश्यका साथ निर्माण भएको चलचित्र को रुपमा परिभाषित गर्दछन ।