संविधान माग्दै लोकदोहोरी कलाकार सडकमा, खोई त चलचित्रकर्मी ?

आज माघ ८ संविधान जारी गर्नु पर्ने मिती । नेपाली भुमिमा चहपहल अलि भिन्न किसिमको छ । आफ्नो आफ्नो अधिकार माग्दै सडकमा जनताहरु उत्रीरहेका छन् । त्यहि भिडमा हिजो संविधान माग्दै गरेका लोक दोहोरीका कलाकारहरु पनि देखिए । उक्त भिडमा चर्चित गायिका राधिका हमालको “नेता बिग्रे पैसाले मै विग्रे बैशले” बोलको गित र गायक पशुपति शर्माको “मलाई अमेरिका यहि “बोलको गितले माहोल ततायो ।

 

Capture

सोहि क्रममा यि कलाकारहरुले संविधान जसरी पनि जारी हुनु पर्ने र जारी संविधानमा गित संगित पनि समेटीनु पर्ने बताए । आफ्ना अधिकार र कर्तव्य माग्नका लागि हरेक क्षेत्रका मानिसहरु सडकमा आएको बेलामा नेपाली सिने जगतका चलचित्रकमीहरु भ्ने यो भिडमा देख्न पाईएको छैन । केही महिना दिन अगाडी एक दुई संस्थाले संबिधानमा आफ्ना मागहरु समेटीनु पर्ने भन्दै अल्टिमेट जाने र प्रेस विज्ञप्ती निकाल्ने काम त भएको थियो तर अन्तिम चरणमा भने यो मामलामा चलचित्रकर्मीहरु गुमनाम बसेको स्थिती छ ।