बन्दीपुरे ' तिन घुम्ती 'मा गरिमा र धु्रबदत्त

‘आवेग’को प्रचार प्रसारका लागि नेपाल उत्रेका नायक धु्रवदत्त यतिबेला बन्दीपुरको मनोरम वातावरणमा नायिका गरिमा पन्त संग अन स्क्रिन रोमान्समा मस्त छन् । आवेग चलचित्रको प्रचार प्रसारको संघारमा उनी यहि मौका छोप्दै ‘ तिन घुम्ती ‘ नामको चलचित्रको सुटिड.मा व्यस्त भएका हुन् । यतिबेला ‘तिन घुम्ति’का लागि कलाकारहरु धु्रवदत्त,गरिमा पन्त,लक्ष्मी गिरी र भुवन चन्द बन्दीपुरमा छन् ।

final

 

चर्चित साहित्यकार तथा राजनेता स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’ माथि आधारित रहेर निर्माण भईरहेको यो चलचित्रलाई निर्देशक बाबुराम ढकालले निर्देशन गरिरहेका छन् । कर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भईरहेको तिन घुम्तिको ८० प्रतिशत छायांकन बन्दीपुरमा हुने बताईएको छ ।