‘म हुँ रथ’ भन्दै विशाल पोखरेलको यस्तो अवतार (भिडियो)

माघ २३ बाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘रथ’को अफिसियल गीत रिलिज भएको छ । सिनेमा युनिटले प्रदर्शनको दिन नजिकिँदै गर्दा प्रचारलाई ब्यापक दिने तयारी स्वरुप सिनेमाको गीत रिलिज गरेको हो । गीतमा लिड कलाकार विशाल पोखरेल फिचरिङमा छन् ।सार्वजनिक ‘म हुँ रथ’ बोलको गीतमा विशाललाई गीत गाईरहेको अवस्थामा अनेक रुपमा देखाईएको छ । गीतमा यादव योगीको शब्द तथा संगीत छ ।

final-rath

 

यो सिनेमालाई कैलाश अधिकारीले निर्देशन गरेका हुन् । सिनेमामा विशाल पोखरेलसँगै आरजु अधिकारी, बिनय भट्ट, राजु अधिकारी लगायत लिड रोलमा छिन् । महिला र पुरुष दुवैको सफलतामा एक अर्काको साथ अनिवार्य हुने आवाज बोकेको यो सिनेमाको नाम पनि महिला र पुरुष एक रथका दुई पाङ्ग्रा जस्तै गरी राखिएको निर्देशक कैलाश बताउँछन् । सिनेमामा श्याम लावत, राजु शिपाही, दिपेन्द्र धिताल र अजित राईले निर्माण गरेका हुन् ।
गीत हेर्नुहोसः

https://www.youtube.com/watch?v=BfijLpjmtL8