ऋचा सिंह ठकुरीको श्रीमान सहित सिने नगरीमा पुनरागमन हुदै

बिहे गरेपछि सिने नगरीबाट हराउने नायिकको लर्कोमा गनिन थालेकी नायिका ऋचा सिंह ठकुरीको नाम भने अब हट्ने भएको छ । बिबाह गरेपछि एकाएक सिने नगरीबाट हराएकी ऋचा अब आफ्नो श्रीमान सहित पर्दामा जोडी बनेर आउने तयारीमा छिन् । ‘सुपर गोर्खे ‘ नामको फिल्ममा ऋचाको यो जोडीलाई रिल जोडिको रुपमा पनि देख्न पाईनेछ । भोलिबाट सुटिड.मा जाने तयारी भईरहेको श्रोतले बताएको छ । फिल्मलाई विदेशी नागरिक फिलिप्स जोनले निर्देशन गर्न लागेको बुझिएको छ ।

risha-singh-and-gajendra-thapa-marriage-8photo – xnepali