लोक गित बाँच्न र नाच्नका लागि मात्र बन्न थालेछन- बुदीसागर वस्याल

‘बुढेस कालैमा’,’उहिले त बाजेको पालामा’,’डाँफे नाचेर’ जस्ता गितहरुले दर्शक श्रोता बिच परिचित लोक गायक बुदीसागर वस्याललाई आज पनि दर्शक श्रोताले उतिनै माया गरिरहन्छन् । दर्शक श्रोताले आफ्नो मन मुटुमा राखेका गायक गुमनाम बने । अब बिस्तारै यि गायक फेरी दर्शक माझ आउदैछन आफ्नो नयाँ सिर्जनाको साथमा यिनै गायक  वस्यालसंग फिल्मिजुमले गरेको संक्षिप्त कुराकानी

10710879_975406519142674_9126425871258424390_n
१. बुदीसागर लाई टिभीको पर्दामा हेर्न चाहने दर्शकको आशा अब पुरा हुन्छ कि हुदैन ?

अब म छिट्टै नै मेरा दर्शक तथा श्रोता माझ आउदैछु ,नयाँ एल्बमको साथमा । म त लाउरे बोलको गित अब छिट्नै बजारमा आउदैछ । बिदेशमा बस्ने नेपालीको कथा समेटीएको उक्त गितलाई दर्शक श्रोताले मन पराईदिनु हुने आशा लिएको छु ।

2.नेपाली गित संगितमा अब तपाईको भुमिका कस्तो रहन्छ ?
म क्यानडामै बसे पनि नेपाली लोक गित संगितलाई योगदान दिदै आईरहेको छु । यहाँ पनि संगित विषयनै पढीरहेको छु ।

३. नेपाल आउदा जादा तपाई खासै मिडियामा आउन चाहनुहुन्न यदि आएपनि ठुला मिडियामा मात्रै जाने गर्नुहुन्छ भन्ने आरोप छ नि तपाईलाई ?
त्यस्तो होईन समयको कुरा मात्र हो । ठुला र साना भन्ने होईन म सबैलाई समान रुपले हेर्छु । माया पनि ठुलो र सानो हुन्छ र ?

४. आज भोलि निस्केका लोक दोहोरीमा कत्तिको मौलिकता भेट्नुहुन्छ ?
समय परिवर्तन संगै नेपाली गित संगितहरु धेरै निस्कन थाले । तर नेपाली गित संगितको बजार जिरो बनि सकेको रहेछ त्यहि कारण पनि होला अब त नेपाली गित संगित बाच्न र नाच्नका लागि मात्र बन्न थालेछन् । हामि आशा गरौ सधै यो दिन नआउला ।
५. संगित पढेर फर्कदै हुनुहुन्छ गित संगित भित्रका विकृतिहरु हटाउन आगामी दिनमा तपाईको के भुमिका रहन्छ ?
हुन त यि कुराहरु समय परिवर्तन संगै अघि बढेका कुरा हुन्, संसार खुल्ला हुदैछ यसकारण पनि हल्का केही कुराले छोएको । तर गित संगित भनेको कला पनि हो , यसको संरक्षण गर्नु हामि सबैको दायित्व हो । हेरौ आफुले जानेको र दर्शक श्रोताको चाहनालाई बुझेर कति सम्म गर्न सकिन्छ ।
६. विदेश वसाई पश्चात आगामी दिनमा आउने तपाईको सिर्जनाले चाही लोक संस्कृतिको नेटो काट्छ कि काट्दैन ?
मैले मेरो संस्कृति बिदेशमा पनि चिनाउनु छ त्यसैले मेरा आगामी सिर्जना लोक प्लस विदेशी फेसनलाई समिश्रण गराएर निकाल्ने छु ।
७. भने पछि तपाई पनि वाच्ने र नाच्ने फर्मुलानै युज गर्न खोज्दै हुनुहुन्छ ?
संगित भनेको संस्कुति मात्र होईन, कला पनि हो ।सांस्कृतिक गित पनि छन नेपालमा , र सांस्कृतिक गित र लोक गितमा भिन्नता छ यो कुरा बुझ्नु पर्यो पहिला । सांस्कृतिक गितको संरक्षणको लागि सरकारी निकायलेनै अध्यायन र अनुसन्धानमा ध्यान दिनु पर्छ ।

९. गित संगितमा लाग्नेहरुको भविष्य आगामी दिनमा कस्तो देख्नु भएको छ ?
समयको चक्र हो उत्तराचडाव भईनै रहन्छ , हामि आशा गरौ जे हुन्छ राम्रै हुन्छ ।
१०.क्यानडा बसाईका क्रममा तपाई नेपाली गित संगितका लागि टेवा पुग्ने त्यस्तो सम्झन लायक केही का गर्नुभएको छ ?

हामि हरेक बर्ष नेपाली मेला गर्छौ । क्यानडा देखि अमेरिका सम्म हामीले सबै नेपाली गित गाउने नाच्ने गर्छौ , त्यहाँ हजारौ नेपाली तथा विदेशी मानिसहरु आउछन् । यो माध्यम पनि नेपाली लोक गितलाई विदेश सम्म चिनाउने गतिलो वे हो ।
११. अन्तमा ?

साघुरिदै गरेको संसारमा हाम्रो एउटा सानो मुलुक जसमा हजारौ कथाहरु लुकेका छन् ,गित छन् संस्कृति छन तर तिनिहरुका लागि उचित बजार छैन । मुल्य र मान्यताहरु हराउदै गएका छन् । यसको सम्पुर्ण कारण देशमा व्यप्त राजनितीक अस्थिरता हो । राजनैतिक स्थिती चाडै स्थिर बनोस, सुशासन कायम होस, र सारा नेपालीले सुखको सास फेर्न पाउन धन्यवाद् ।